सिनेटरी प्याड बनाउने तालिम

  प्रकाशित मिति
११ जेष्ठ २०७५, शुक्रबार १६:०६


 झापा । विद्यार्थीहरुलाई लक्षित गरी शुक्रवार कविशिरोमणि विद्यालयमा सेनेटरी प्याड बनाउने सोही स्कूलका छात्राहरु र स्थानीय संघसंस्थाका प्रतिनिधिलाई तालिम प्रदान गरिएको छ ।

श्री एकल महिला सशक्तिकरण मञ्चको आयोजना रहेको संस्थाले नगरपालिकाको सहयोगमा सो तालिम प्रदान गरेको हो ।
तालिमको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।

कार्यक्रममा कवि शिरोमणि माध्यमिक विद्यालय प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी, सहप्रधानाध्यापक लोहिप्रकाश चापागाई, स्कूलका बाल संरक्षक रुद्रप्रसाद सङ्ग्रौला, वान नेपालकी पूर्व अध्यक्ष मञ्जु पौडेल, मेचीनगर लेडी जेसीजकी अध्यक्ष सुनिता पनेरु, छोरी बुहारी महिला सशक्तिरणकी अध्यक्ष सीता पोखरेल, जानुका ओली, अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा कपडाको प्याड बनाउन सोही विद्यालयका शिक्षकद्वय पूजा कट्टेल र राधादेवी पौडेलले सिकाएका हुन् । संस्थाकी अध्यक्ष मीरा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको दीपा ओली दाहालले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: