एक दशक बितेछ, शब्द केलाउन थालेको । सुरुवात गाह्रो थियो । नजानेर । दशक बित्यो । अलिअलि जानेँ कि भनेको त गाह्रो झन्झन् हुँदैछ ।
स्कुलमा सिकियो र ‘विद्या’ लेखेर पास गरियो । अहिले ‘विद्या’ लेख्नुपर्छ रे ! अङ्क ३ लाई ‘तीन’ लेखियो, अब ‘तिन’ लेख्नु पर्छ रे !
…… कारण सुनेको छु, विदेशीलाई सजिलो पार्न रे ! नेपाली भाषा सिक्न सजिलो होस् भनेर ।
….मनले नमानेको कुरा विदेशीको सजिलोका लागि हामीले आफ्नो भाषा भत्काउने ?