विर्तामोड, २१ फागुन । झापामा पहिलोपल्ट सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक–२०१६’ सुरु भएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको आयोजनामा कनकाई क्याम्पस परिसरमा शुक्रवारदेखि सुरु भएको मेलामा ५० बढी स्टल राखिएका छन् ।
सूचना प्रविधिमा भइरहेको विकास र भित्रिएका नौला प्रविधियुक्त उपकरणहरू राखिएको मेलाको उद्घाटन सूचना तथा सञ्चारमन्त्री शेरधन राईले गरेका थिए ।
शुव्रmबारबाट सुरु भेला मंगलबार समापन हुने महासंघ झापा शाखाकी कोषाध्यक्ष शुभ पाठकले जानकारी दिइन् ।