सहज महिला समृद्धिको ७ औं बार्षिकोत्सव

  प्रकाशित मिति
५ जेष्ठ २०७६, आईतवार १५:५८


   

मेचीनगर । सहज महिला समृद्धि बहुउदेश्यीय सहकारी संस्थाको सातांै बार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।

खयरडाँगीस्थित महाङकालेश्वर मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थका प्रतिनिधिबीच नृत्य प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा सरु घिमिरे प्रथम, सीता मल्ला द्वितीय, विष्णुमाया खडका तृतीय भएका थिए भने सान्तवना इन्जिला बस्नेतले पाएकी थिइन् । उनीहरु सबैलाई संस्थाको साधारणसभामा पुरस्कृत गरिने संस्थाकी उपाध्यक्ष सीता रिमालले बताइन् ।

प्रतियोगिताको निर्णायक कवि शिरोमणि माविका शिक्षक तथा संगीतकार प्रेम कार्की रहेका थिए । नेपाल पत्रकार महासंघ प्रदेशकी कोषाध्यक्ष अम्बिका भण्डारी प्रमुख अतिथि रहेको कार्यक्रममा सिर्जनशील महिला समूहकी अध्यक्ष पवित्रा पौडेल, पारिजात महिला समूहकी सचिव आशा लिम्बूलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं. २०७० सालमा ३१ जना शेयरसदस्य र ३१ हजार रुपैयाँ नै शेयर पूँजीबाट सुरु गरेको संस्थामा हाल ३६ लाख रुपैयाँ बढीको कारोवार रहेको संस्थाकी अध्यक्ष शारदा शर्माले बताइन् । उनले संस्थाको शेयरपूँजी हाल १५ लाख र ऋण लगानी २५ लाख रुपैयाँ रहेको बताइन् ।

अध्यक्ष शर्माका अनुसार संस्थाले शेयर सदस्यहरुको आन्तरिक क्षमता प्रस्फुटन गराउने उद्देश्यले बेला बेला सांस्कृतिक, कविता र वक्तृत्वकला कार्यक्रम गर्दै आएको बताइन् ।

उनले संस्थाले गतबर्षदेखि नै तोरी खरिद गरेर ल्याई तेल उत्पादन गरेर शुद्ध तोरीको तेल सहकारीमार्फत विक्री वितरण गर्दै आएको बताइन् । हाल सहकारीमा सय बढी सदस्य रहेका छन् भने बालबचत, स्थायी बचतलगायत चारवटा बैंक खाता खोलेर सहकारीले सञ्चालन गर्दै आएको छ ।

निकट भविष्यमै सहकारीले आफ्ना शेयर सदस्यलाई आचार बनाउने तालिम सञ्चालन गर्ने जनाएको छ । संस्थाकी अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सीता रिमाल र सञ्चालन सिर्जना आचार्यले गरेकी थिइन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: