मेलामा संसारकै फुच्चे मोवायल

  प्रकाशित मिति
२४ फाल्गुन २०७२, सोमबार ०९:२३


it smallest cell phone

विर्तामोड । क्यान महासङ्घले झापामा पहिलोपल्ट आयोजना गरेको इन्फोटेक मेलामा संसारकै फुच्चे मोवायल फोन प्रदर्शनीमा राखिएको छ ।

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नौला नौला उपकरणको रोचक प्रदर्शनी गरिएको विर्तामोड इन्फोटेकमा फुच्चे मोवायलले उल्लेख्य दर्शक पाएको छ ।

क्यान झापा आफैले स्टल नं. ‘ए–११’मा सञ्चालन गरेको ‘प्रविधि सङ्ग्रहालय’मा राखिएको सो मोवायलको एक इन्चभन्दा कम आकार(०.८ इन्च)को डिस्प्ले स्व्रmीन छ भने यसको लम्वाई दुई दशमलव एकचार (२.१४) इन्च मात्र छ ।

केआइभीआइ कम्पनीको एमवान मोडेलको यो मोवायल हेर्न जिज्ञासुहरू झुम्मिने गरेका छन् । कम्प्युटर प्रविधिको विकासव्रmमलाई नियाल्न चाहनेले यो सानो सङ्ग्रहालयमा थुप्रै पुराना र नयाँ उपकरण अवलोकन गर्न पाउने छन् । मेलामा एप्पलको लेटेस्ट आइफोन सिक्स मोवायल समेत राखिएको छ ।

२० वर्षअघिसम्म चलेका पेन्टियम वान, टु र थ्री का कम्प्युटर जेनेरेसनका नमुना यहाँ हेर्न पाइन्छ । व्ल्याक एन्ड ह्वाइट कम्प्युटरको मोनिटर, टु जीवीको हार्डडिस्क, तोसिवा कम्पनीको पुरानो ल्यापटप, २५ वर्ष पुरानो टाइपराइटर, डायल सिस्टमको फ्याक्स मेशिन, दश बर्ष अघि चल्ने गरेका फ्लपी डिस्क, डट मेट्रिक्स प्रिन्टर, १५ बर्ष पुरानो ओभरहेड प्रोजेक्टर, २० वर्ष अघिको पीसीआइ प्रोसेसर, २२ वर्ष पुरानो लिथो प्रिन्टर मेशिन, स्टाटिकदेखि डायनामिकसम्मका र्यामहरू प्रदर्शनीमा राखिएका छन् ।

झापामा इन्फोटेक मेला आयोजना हुनु सबै विद्यार्थीका लागि अपूर्व अवसर भएको बताउँदै स्रोत व्यक्ति समाज झापाका अध्यक्ष गणेश पौडेल विद्यार्थी तथा शिक्षकहरूलाई मेला अवलोकनको अवसर नछुटाउन आह्वान गर्छन् ।

झापाका अधिकांश निजी तथा सामुदायिक विद्यालयमा कम्प्युटर कक्षा स्थापना गरिएका छन् भने विद्यालयमा कम्प्युटर विषयको पढाइ नै हुने गरेको छ । कम्प्युटर विषय पढ्ने र पढाउनेका लागि मेलाले आइटी सम्बन्धी वृहत जानकारी लिनका लागि ठूलो अवसर उपलब्ध गराएको झापा क्यानका सचिव लक्ष्मीकान्त खनालको धारणा छ । विद्यालयहरूले आफ्ना विद्यार्थीको ज्ञान भण्डार बढाउनका लागि मेला जान प्रोत्साहित गर्नु पर्ने खनालको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: