‘त्रिवेणी आमा पढ्नुहोस्’

  प्रकाशित मिति
२९ फाल्गुन २०७२, शनिबार ०८:४८


krisna kprakash sumargi

कृष्णप्रकाश सुमार्गी झापाली साहित्य क्षेत्रमा परिचित नाम हो । मेचीनगर–७ निवासी उनको वास्तविक नाम भने कृष्णप्रकाश ढुङ्गाना हो । २०३५ सालबाट साहित्य क्षेत्रमा तल्लिन भएका सुमार्गीका अवनीतलको खास, हृदयको प्रकाश र विरचित कविता कृति प्रकाशित भइसकेको छ भने विरचित काव्य दोस्रो भाग, नियती उपन्यास र पृथ्वीतल नाटकीय उपन्यास प्रकाशनको तयारीमा छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी ।

कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
साहित्यकारर खगेन्द्र खोल्साघरेद्वारा लेखिएको वसुन्धरा महाकाव्य पुस्तक पढ्दैछु । अत्यन्तै रोचक पुस्तक रहेछ ।

 कस्ता पुस्तक बढी मन पर्छ ?
शास्त्रीय मर्यादाललाई पूर्णतः पालन गरेर रचिएका पद्ध विधाका कृतिहरू साथै यथार्थवादी भावनाले ओतप्रोत उपन्यासका पुस्तकहरूमा विशेष रुचि रहन्छ ।

मन परेको नेपाली लेखक ?
मेरो हृदयलाई तौलँदा मलाई सबैभन्दा मन परेको नेपाली लेखकमा महाकवि लक्ष्मीप्रसाद देवकोटा मन पर्छ ।

 साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
साहित्यप्रेमी महानुभावहरूमा साहित्यकार पुण्यप्रसाद खरेलद्वारा लेखिएको उपन्यास ‘त्रिवेणी आमा’ पुस्तक अध्यनन गर्नुहुन सम्पूर्ण मानुभावहरूमा अनुरोध गर्दछु । अझ साहित्यकारहरूका लागि त पढ्नै पर्ने हुन्छ ?

पुस्तक पढ्ने उपयुक्त समय ?
रातको ठिक ९ बजेदेखि ११ बजेसम्म

पुस्तक कसरी जनत गर्नुहुन्छ ?
महत्वपूर्ण पुस्तकको भित्री पानाहरूमा मयुरहरूको प्वाँख लगाएर व्यवस्थापन मिलाउँछु र दराजमा राख्ने गरेको छु ।

साहित्य लेखनमा कुनै रुचि ?
पद्घ विधासँगै उपन्यास पनि लेख्ने सोच छ । तथापि हाल विरचित काव्य दोस्रो भाग लेख्दैछु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: