धौलागिरी–पारिजात सहकारी अध्यक्षमा फेरि पौडेल

  प्रकाशित मिति
२६ पुष २०७६, शनिबार १९:०९


बिर्तामोड । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको धौलागिरी–पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार बिर्तामोडमा सम्पन्न १२ औँ वार्षिक साधारणबाट सञ्चालक समितिको अध्यक्षमा कृष्ण पौडेल पुनः चयन भएका छन् । उपाध्यक्षमा डिल्लीप्रसाद ओली र सचिवमा किशोर भट्टराई चयन भएका छन् ।

आगामी आगामी चार वर्षे कार्यकालका लागि गठित संस्थाको सञ्चालक सदस्यहरुमा डा. गौरीशङ्कर झा, युवराज काफ्ले, पार्वता श्रेष्ठ, कमलादेवी सापकोटा, रणदेव हजाम, सुशीला श्रेष्ठ, सुमन खनाल र खड्ग तामाङ चयन भएका छन् ।

संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा भुवन रिजाल तथा सदस्यहरुमा डम्बर ढुङ्गाना र रामबहादुर श्रेष्ठ चयन भएका निर्वाचन समितिका सदस्य ज्ञानेन्द्र अधिकारीले बताए ।

साधारण सभाको उद्घाटनका अवसरमा नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका सदस्य अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

झापा जिल्ला सहकारी सङ्घ पूर्व अध्यक्ष हरिचरण बानियाँको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका अध्यक्ष कृष्ण पौडेलले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा २१ करोड १२ लाख ५४ हजार १६१ रुपैयाँको वासलात बनाएको उल्लेख छ । चार हजार १६३ जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी दुई करोड ७७ लाख ३४ हजार ८०० रुपैयाँ रहेको उल्लेख छ ।

संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले संस्थाको कोषमा जम्मा एक करोड ४२ लाख ६६ हजार ५३० रुपैयाँ रहेको सुनाउँदै साकोसले अबका दिनमा ‘एक प्रकृतिको सहकारी एक सदस्यको नीतिलाई अभियानको रुपमा कार्यान्वयन गरिने जानकारी गराए । उनले संस्थाको क्षमतामा थप वृद्धि हुनेगरी अन्य सहकारी संस्थासँग एकीकृत गर्ने नीतिलाई निरन्तरता दिइएको बताए ।

साधारणसभाको उद्घाटन समारोहमा उत्कृष्ट बाल बचतकर्ताका रुपमा असिस्मा श्रेष्ठ, क्रमिक बचतकर्ताबाट मदन ओली, एकवर्षे बचतबाट लीला शिवाकोटीलाई सम्मान गरिएको थियो । त्यसैगरी, साधारण बचतबाट पारुला मण्डल, सन्ध्याकालीन बचतबाट गोविन्दबहादुर कटुवाललाई सम्मान गरियो भने ऋण लिएर उत्कृष्ट उद्यमीका रुपमा बविता मण्डललाई सम्मानित गरिएको छ ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, महालक्ष्मी साकोसका अध्यक्ष घनश्याम चौधरी, पत्रकार गणेश पोखरेल, राष्ट्रिय सहकारी बैङ्क बिर्तामोड शाखाका प्रमुख मुना घिमिरे, युवा तथा साना व्यवसायी स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटाले मन्तव्य राखेका थिए । संस्थाका लेखा समिति संयोजक किशोर भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज ढकालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: