भलिबलमा रमाएका शैलेन्द्र

  प्रकाशित मिति
६ चैत्र २०७२, शनिबार ०८:०८


?
?

३० देखि ३५ वर्षको उमेर पुगेपछि खेल जीवनबाट सन्यास लिने खेलाडीको सङ्ख्या उल्लेख्य छ । अब बुढो भइयो खेल्न सकिँदैन भन्नेहरू थुप्रै भेटिन्छन् । अझ खेल जीवनमै सफल बन्न नसक्नेहरूका लागि त साझा बोली बन्छ । बुढेसकाल लागेको बहाना गर्दै जिम्मेवारीबाट पन्छिने र आफ्नो कमजोरीको ढाकछोप गर्नेहरूका लागि गतिलो जवाफ बनेका छन्, झापा दमकका भलिबल खेलाडी शैलेन्द्र श्रेष्ठ ।

४९ वर्षको उमेरमा पनि भलिबल कोर्टमा उनको उपस्थिति उत्तिकै छ । उनी विभिन्न संस्था तथा क्लबबाट निरन्तर जिल्ला र क्षेत्रस्तरमा हुने प्रतियोगितामा सव्रिmय रुपमा भलिबल खेल्दै आएका छन् ।

शैलेन्द्र पेशाले यातायात व्यवसायी हुन् । उनी २५ वर्षदेखि यातायात व्यवसाय समेत सञ्चालन गर्दै आएका छन् । यसो त उनी राम्रो सवारी चालक पनि हुन् । तर, त्यो भन्दा फरक परिचय उनको भलिबल खेलाडीमा जान्छ ।

राष्ट्रिय टोलीमा सहभागी भएर प्रतियोगिता खेलेका श्रेष्ठले नेपालको तर्फबाट दुई वटा साफ गेम खेलिसकेका छन् । उनले सन् १९८१ मा बङ्गलादेशको ढाकामा भएको पाँचौँ र सन् १९९२ मा श्रीलङ्काको कोलम्बोमा भएको छैठौँ साफ गेम खेलेका थिए ।

उनको उमेरमा भलिबल खेल्ने साथीहरू आज यस क्षेत्रमा छैनन् । तर, उनले भलिबललाई सधैँ माया गरिरहे र यसैमा रमाइरहेका छन् । जिल्ला भलिबल सङ्घका अध्यक्ष समेत रहेका श्रेष्ठ भलिबल खेलको विकासका लागि विभिन्न क्षेत्रमा गएर प्रतियोगिताको आयोजना गर्ने तथा प्रशिक्षण दिने गर्छन् ।

२०२४ सालमा धनकुटामा जन्मिएका श्रेष्ठ ३३ वर्षदेखि निरन्तर भलिबलको कोर्टमा रमाएका छन् । धनकुटाबाट बसाई सरेर झापा आएका श्रेष्ठ परिवारका पाँचै दाजुभाई खेलसँग जोडिएका छन् । तर, सबै फुटबलमा । उनले पनि धेरै समय फुटबल खेले । फुटबलमा गोलकिप्पर हुँदै भलिबल कोर्टसम्म पुगेका उनी २०३९ देखि भलिबलतर्फ लागेका हुन् ।

भलिबल खेलप्रतिको व्रmेज र मेहनतले छोटो समयमा उनलाई जिल्ला, अञ्चल हुँदै राष्ट्रिय टोलीमा सहभागी हुने मौका मिल्यो । २०४२ सालमा राष्ट्रिय टोलीको सदस्य भएका उनी राष्ट्रिय टिमको डेब्युसँगै काठमाडौँमा तीन र थाइल्याण्डमा चार महिने बन्द प्रशिक्षण लिन भ्याए । जसले उनको भलिबल खेल कौशलमा निखार मात्र आएन, आयल निगममा खेलाडीकै रुपमा जागिर समेत पाए । ‘महिनाको तीन हजार तलब पाइन्थ्यो’, श्रेष्ठले लोकतन्त्र पोस्टसँग भने, ‘तर, अहिले यस क्षेत्रमा राम्रो भएको छ । देशले पनि खेलको विकासमा राम्रो लगानी गर्ने हो भने धेरैले यसमै जीवन बिताउन पाउँथे ।’

यसो त उनले नेपाल प्रहरीमा एक वर्ष र विद्युत प्राधिकरणमा पाँच वर्ष खेलाडी भएर जागिर खाएका थिए ।

छ फिट दुई इन्च अग्ला श्रेष्ठ खेलजीवनमा निरन्तर उकालो लाग्दालाग्दै एउटा नमिठो घटनाले पछाडि फर्केका रहेछन् । उनी विगत सम्झँदै भन्छन्, ‘सन् १९९५ मा भारतको मद्रासमा भएको सातौँ साफ गेमको तयारीको व्रmममा प्रशिक्षकको गाली र दुव्र्यहार सहन नसकेर टिममा बस्नै मन लागेन र भलिबलबाटै विरक्तिएँ ।’
त्यसबेला जे जस्तो भए पनि श्रेष्ठ भलिबल विकासका लागि निरन्तर लागिरहे । उनको नेतृत्वमा थुप्रै खेलाडीहरू उत्पादन भइसकेको छन् । विभिन्न क्षेत्रमा गएर भलिबलका उपाधिहरू उचालिसकेका छन्, श्रेष्ठले ।

‘साथीभाइ बनाइयो, दाम नभए पनि नाम छ’, श्रेष्ठले भने, ‘यसमै खुसी छु । जे जस्तो भए पनि म भलिबलमै जीवन विताउँछु ।’खेलले अनुशासन सिकाउने हुनाले यसले समाजमा पनि सकारात्मक प्रभाव पार्ने बताउँछन्, श्रेष्ठ । अब आउने नयाँ खेलाडीको भविष्य निर्माण गर्ने तर्फ आफ्नोे योजना रहेको उनले सुनाए ।

‘शैलेन्द्र दाई सबैको प्रेरणाको स्रोत हुनुहुन्छ’, मेचीनगर–८ का विकास लावती भन्छन्, ‘उहाँको खेलप्रतिको निरन्तरता, शालिनता, इमान्दारिताले सबैलाई प्रभाव पार्ने गरेको छ । कसैसँग नरिसाउने, सबैलाई समान व्यवहार गर्नाले खेलाडीहरू पनि उहाँसँग उत्साहित हुने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: