सहज जीतसँगै मनाङ सेमीफाइनलमा

  प्रकाशित मिति
२४ चैत्र २०७२, बुधबार ०२:२७


DSC06715

विर्तामोड । विदेशी खेलाडी एफिज वोलावालेको ह्याट्रिकसँगै रुस्लान मनाङ मस्र्याङ्दी क्लब काठमाडौँ रमपम प्रथम झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
जिल्ला फुटबल सङ्घको आयोजनामा डोमालाल रङ्गशाला विर्तामोडमा जारी चोथौ तथा अन्तिम क्वाटरफाइनल खेलमा रुपन्देही ११ लाई ४–१ को सहज जीतसँगै सेमीफाइनलको यात्रा तय गरेको हो । अबको सेमीफाइनल खेलमा मनाङ बिहीवार त्रिभूवन आर्मी क्लबसँग आमने सामने हुनेछ ।

खेलको ३२औँ मिनेटमा मनाङका विदेशी खेलाडी सिसोकोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हेमन गुरुङले हानेको कर्नर किकलाई कप्तान अनिल गुरुङले होल गरेर सोझै सिसोकोलाई पास दिएका थिए । जसलाई उनले सहजै गोलमा परिणत गराए । वान भर्सेस वानको रणनीतिमा खेलेको मनाङका अर्का विदेशी खेलाडी एफिज वोलावाले अर्काे गोल गर्दै टिमलाई २–० को अन्तर पारे । उनले पनि कप्तान अनिल गुरुङले दिएको पासलाई गोलमा परिणत गराएका थिए । वोलावालेले दोस्रो हाफको ५२औँ र ६३औँ मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक गरे भने टिमका लागि ४ गोल बनाउन सफल भए । फिनिसिङमा कमजोर देखिएको रुपेन्देहीले पाएको अवसरलाई गोल गर्न नसक्दा फराकिलो गोल अन्तरले हार्नु परेको थियो । रुपेन्देहीका लागि खेलको इन्जुरी समयमा पुकार गहतराजले सान्त्वना गोल गरेका थिए । उनले जी मास्टीएल मियोङ इन्ज्युनीले दिएको पासलाई सहजै गोल गर्न सफल भएका थिए ।

मनाङकातर्फबाट झापाली खेलाडी विशाल राई ‘बी’, विराज महर्जन, विश्वास श्रेष्ठ, सुजल श्रेष्ठ, झापाली खेलाडी बुद्ध चेम्जोङ, हेमन गुरुङ, विदेशी खेलाडी मौसा पनि गोल गर्नबाट चुकेका थिए । लामो समयदेखि मनाङबाट खेल्दै आएका झापाली विशालको प्रदर्शन गृह मैदानमा उत्कृष्ट रह्यो ।

रुपेन्देहीका तेज तामाङ, शिव सुवेदी, प्रकाश गहतराज, जी मास्टीएल मियोङ इन्ज्युनीले हानेका प्रहार प्राय बाहिरिएको थियो भने पोष्टमा गएको बललाई राष्ट्रिय गोलरक्षक किरण चेम्जोङले विफल पारेका थिए ।

खेलको म्यान अफ द म्याच मनाङका एफिज वोलावाले भए । उनलाई नगद ५ हजारसहित ट्रर्फी प्रदान गरिएको थियो । बुधवारको खेल आयोजक झापा ११ र थ्रीस्टार क्लबबीच हुने आयोजकका महासचिव केशव दाहालले जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: