भारतको रियाक्सन : समझदारीको उल्लंघन भयो

  प्रकाशित मिति
३१ जेष्ठ २०७७, शनिबार २०:१७


झापा, ३१ जेठ । संसद्बाट नेपालको नयाँ नक्सा पारित भएको विषयमा भारतले प्रतिक्रिया दिदै वार्ताबाट समाधान खोज्ने समझदारीको उल्लंघन भएको दावी गरेको छ ।

आफ्नो केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालले संविधान संशोधन गरेको भन्दै भारतले यो मान्य नहुने बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आज साँझ वक्तव्य जारी गर्दै लिम्पियाधुरा, महाकाली र लिपुलेक क्षेत्र आफ्नो भएको नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको पुरानै राग अलापेका छन् ।

उनले सीमा विवादमा वार्तामार्फत समस्याको समाधान खोज्ने समझादारी पनि उल्लंघन भएको बताए ।

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गरेर नयाँ नक्सा जारी गरसँगै भारतले विरोध गर्दै आएको छ । तर शनिबार संसदले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: