इलामका १६ सशस्त्र प्रहरीमा फेरि कोरोना

  प्रकाशित मिति
२२ श्रावण २०७७, बिहीबार १४:२२


झापा, २२ साउन । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन । गणका ३७ जनाको श्वाव संकलन गरेकोमा विहीवार १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ ।

विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४२ जना शसस्त्र प्रहरी सहित ६० जनाको स्वाब नमुना पठाइएकामा १६ जना शसस्त्र पहरीको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यलयले जनाएको छ । ६० जनामा ३७ जना शसस्त्र रहेकामा १६ जनालाई कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई विराठनगरको गोठगाउँ स्थित कोरोना अस्पताल लैजाने तयारी भईरहेको स्वास्थ्य कार्यलय इलामका कोभिट १९ संयोजक विमल बरालले बताए । बरालका अनुसार थप उपचारको लागी पोजेटिभ देखिएका १६ मध्ये १० जनालाई मोरङ स्थीत गोठगाउँ र ६ जनालाई झापाको भद्रपुर लैजाने तयारी भईरहेको छ ।

शसस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाका अनुसार इलाममा देखिएका संक्रमितहरुमा कसैमा पनि कोरोना संक्रमणको लक्षण् देखा परेको छैन । शुरुमा एक जनामा देखा परेपछि शंखा लागेर सबैको परिक्षण गयोै तर पोजेटिभ देखिएका ४६ जनामध्ये कसैमा पनि कुनै किसिमको लक्षण भने नदेखिएको थापाको भनाई छ । इलाममा शसस्त्र प्रहरीका १६ जना सहित ४६ जनामा पोजेटिभ देखिएको छ भने जिल्लामा ७६ जना पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: