आखिरीमा पीसीआर ल्यावको जिम्मा लियो अस्पतालले

  प्रकाशित मिति
१७ भाद्र २०७७, बुधबार १७:३०


भद्रपुर, १७ भदौ । समुदायस्तरबाट रकम संकलन गरेर एकका लागि एक अभियानले कोटीहोममा स्थापना गरेको पिसीआर प्रयोगशाला बुधबार औपचारिक रुपमा मेची अस्पताललाई हस्तान्तरण गरिएको छ ।

अभियानका सहसंयोजक विनोद बस्नेतले चावी र सामग्रीहरुको विवरण अस्ताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेल, मेडिकल सुपरिटेन्डेन पिताम्बर ठाकुर, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललगायतलाई हस्तान्तरण गरेका हुन् ।

कोटीहोमस्थित समर्पण भवनमा राखिएको आधुनिक ल्याब कनकाइ नगरपालिकको संयोजनमा मेची अस्पतालको पूर्ण स्वामित्वमा रहनेछ ।

रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले समुदायस्तरबाट पहिलोपटक स्थापना गरेको ल्याब सञ्चालनको अन्योल बुधबारबाट सकिएको सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: