प्रकाशित मिति
२९ बैशाख २०७३, बुधबार १३:५५


pics

झिलझिले । झापाको झिलझिलेमा जारी प्रथम सताक्षी कपको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमीफाइनलमा सडनडेथमा आयोजक टीम सतासी स्पोर्टिङ क्लबलाई ९–८ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको हो । ट्राइबेकरमा पनि ४–४ गोल भएपछि निर्णयका लागि सडनडेथ रोजेको हो । सडनडेथमा आयोजकका गणेश खड्काको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाएपछि पुलिस विजयी भएको हो ।

निर्धारित समयमा आयोजक टीमका खेलाडी कलम श्रेष्ठ र अफ्रेकन खेलाडी मोबिले लियोनल र पुलिसका तर्फबाट रबि पासवान र सुमन लामाले गोल गरेका थिए ।

प्रतियोगितामा पुलिसका सुमन लामा म्यान द म्याच घोषित हुँदैं नगद ५ हजार पाए । विहिबार रुपन्देही ११ र शसस्त्र प्रहरीको एपीएफबीच अन्तिम सेमीफाइनल खेल हुने सञ्चार संयोजक योगेन लावतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: