‘समीक्षा सौरभ’को लोकार्पण

  प्रकाशित मिति
३१ बैशाख २०७३, शुक्रबार १०:२६


sahitya

भद्रपुर । साहित्यिक स्रष्ठा देवी चरण भण्डारी ‘सरोज’ द्वारा लिखित ‘समीक्षा सौरभ’ समालोचना सङग्रहको एक कार्यव्रmमका बीच लोकार्पण गरिएको छ ।

लेखनाथ पुस्ताकालय चन्द्रगढीले स्रष्ठाहरुको मासिक शुव्रmवारे भेला अन्तरगत शुव्रmबार आयोजित कार्यव्रmममा भण्डारीको कृतिको लोकार्पण गरिएको हो । प्राडा. भीम खतिवडा, चुडामणि रेग्मी, प्राडा गोपाल भण्डारीलगायतले संयुक्त रुपमा गरेका थिए ।

भद्रपुर नगरपालिकामा हालसम्मका समालोचनात्मक कृति र लेखकका बारेमा साहित्यकार शम्भु ढकालले प्रकाश पारेको पारेका थिए । उनले चन्द्रगढी–भद्रपुर क्षेत्रमा दर्जन बढी समाचालोक भएको बताए । कृर्तिकार भण्डारीको समालोचनामाथि साहित्यकार होम सुवेदीले समीक्षात्मक टिप्पणी गरेका थिए ।

पुस्तकालय अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा प्राडा गोपाल भण्डारी, बरिष्ठ साहित्यकार चुडामणि रेग्मी, कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेम प्रकाश फलाहारीलगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यव्रmममा भण्डारीको जीवनका बारेमा उनकै धर्मपत्नी तथा कवि गीता भण्डारीले प्रकाश पारेका थिइन् । कार्यव्रmममा गायक मधु पोखरेलले कृतिकार भण्डारीका गजल गाएकी थिइन् भने कविहरु तीला लेकाली, टङक विकल्प, इलक राईलगायतले कविता बाचन गरेका थिए ।

पुस्कालयकी सचिव आरती पोखरले कविताद्वारा नै स्वागत मन्तव्य व्यक्त गरेको कार्यव्रmमको सञ्चालन कृष्ण सुवेदी निराकार र खगिन्द्रा खुशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: