गाविसको जग्गा अतिक्रमण

  प्रकाशित मिति
३ जेष्ठ २०७३, सोमबार ०६:१०


 

DSC07216नकलबन्दा । मेचीनगरको इतिहास बोकेको नकलबन्दा गाविसको जग्गा स्थानीयको अतिव्रmमणमा परेको छ ।

साविकको नकलबन्दा गाविस भवन रहेको मेचीनगर–१० नकलबन्दाको उक्त जग्गामा अहिले स्थानीयले घर टहरा बनाएर बसोबास गर्दै आएका छन् । लामो समयदेखि संरक्षणविहीन रहेको यो जग्गाको यति धेरै अतिव्रmमण हुँदा पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन ।

उनीहरूले १६ वटा अस्थायी घर बनाएर बसोबास गर्दै आएका छन् भने विभिन्न पसल समेत सञ्चालन गर्दै आएका छन् ।
२०२१ साल स्थापना भएको गाविस भवन समेत संरक्षणको पर्खाइमा रहेको छ । स्थानीयले उक्त जग्गालाई व्यवस्थित गरेर बजार बनाउन नगरपालिकासँग आग्रह गरे पनि नगरपालिकाले चासो नदेखाएको स्थानीय मेघराज गेलालले बताए ।

‘यो एउटा इतिहास बोेकेको स्थान हो’ २९ वर्षसम्म कर्मचारीको रुपमा रहेर काम समेत गरेका गेलालले भने, ‘यसको संरक्षण गर्न नसक्दा आज यो अवस्था सिर्जना भएको हो । हामीले यहाँ सटर बनाएर बजारको स्थापना गर्ने भनिए पनि यसको कुनै सुनुवाइ भएन ।’
भग्नावशेष अवस्थामा रहेको गाविस भवन पनि सोही क्षेत्रका मानिसहरूका लागि सार्वजनिक शौचालय सरह भएको छ । भवन भित्र नै दिसापिसाब गर्ने ठाउँ बनाइएको छ । गाविसको जग्गालाई संरक्षण गर्न नगरपालिकाले ध्यान दिनु पर्ने होमराज गुरुङले बताए । उनले सरकारी जग्गा अतिव्रmमणको चपेटामा पर्दा पनि कुनै चासो नदेखाएको गुनासो गरे ।

भवन रहेको उक्त क्षेत्रलाई स्थानीयले एक वर्षअघि सरसफाइ गरेका थिए । तर, भवन भग्नावशेष र बेवारिसे अवस्थामा रहेको प्रकाश खड्काले बताए । कुनै बेला यही क्षेत्र भएर भारत जाने मुख्य बाटो थियो । यस विषयमा नगरपालिकामा हरेक वर्ष चर्चा हुने भए पनि नगरपालिकाकै हेलचेव््रmयाइको कारण व्यवस्थित हुन नसकेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: