झापा, २४ असोज । पाकिस्तानले पनि टिक टक नामक मोवाइल एपलाई प्रतिबन्ध लगाएको छ ।
गत भारतले यसलाई प्रतिबन्ध लगाएको थियो । पाकिस्तानले शुक्रवारदेखि यसलाई बन्द गराएको हो ।
छोटो भिडियो अपलोड गर्न सकिने मनोञ्जनमूलक टिकटक एप विश्वभर फेसबुकपछिको सबैभन्दा बढी चल्तीको सामाजिक सञ्जाल मानिन्छ ।
पाकिस्तानमा यसका हरेक महिना २ करोड सक्रिय युजर भएको बताइएको छ ।
टिकटकलाई बेन्ड गर्नुको कारण यसले अश्लिलता फैलाएको पाकिस्तानको आरोप छ ।
भारतमा चाहिँँ चीनसँगको सीमा विवादले सम्बन्ध विग्रिएपछि टिकटकले जासुसी गरेको आरोप लगाइएको थियो ।