धुलाबारी । सुगन्ध प्रकाशनको चौथो अङ्क शनिबार धुलाबारीमा सार्वजनिक गरिएको छ । सुगन्धको यो अङ्क संस्कृति विशेष रहेको छ । साहित्य र संस्कृति सम्बन्धी लेख, रचना छापिएको ३ सय ७२ पृष्ठको पुस्तकलाई महेन्द्र बहुमुखी क्याम्पसका पूर्व प्रमुख युद्धप्रसाद वैद्यले सार्वजनिक गरेका थिए ।
पत्रिकाका प्रधान सम्पादक चन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यव्रmममा नेपाल तथा भारतका साहित्यकारको उपस्थिति थियो ।
सम्पादन समूहकी सदस्य टिका सुवेदीको स्वागत मन्तव्य रहेको कार्यव्रmममा प्रमुख अतिथि वैद्य, प्राज्ञ सभासद् यज्ञराज प्रसाई, ज्ञानेन्द्र खतिवडा र कालुसिंह रणपहेलीले शुभकामना मन्तव्य राखेका थिए ।
तीन दर्जन बढी कविता समेत समेटिएको सुगन्धको चौथो अङ्क सार्वजनिक समारोहमा कविहरु विमल वैद्य, विद्या निर्दोषी, शुकराज दियाली र उमीद गोलेले आ आफ्ना रचना वाचन गरेका थिए ।
कर्णबहादुर गौतम (सुमन) को सञ्चालन रहेको कार्यव्रmममा प्रेरणा सम्मान स्वरुप विद्यार्थी रचना सिटौलालाई नगदसहित पुरस्कृत गरिएको थियो ।
प्रधान सम्पादक भण्डारीले औचित्यमाथि प्रकाश र प्राध्यापक दामेदर ढुङ्गेलले समीक्षा गरेको गरेका थिए । कार्यव्रmममा अग्रज पत्रकार नकुल काजी, साहित्यकार रोहिणीविलास लुईंटेल, शशाङ्क प्रतिष्ठान झापाका अध्यक्ष छबिलाल खतिवडा, झापा उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्ष राजेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।