लोकसेवा आयोग सम्बन्धी कक्षा सञ्चालन

  प्रकाशित मिति
१७ जेष्ठ २०७३, सोमबार ११:३४


खुदुनाबारी । खुदुनाबारीमा आदिवासी जनजाति युवाहरुलाई लक्षित गरी लोकसेवा आयोग सम्बन्धी सोमबारदेखि कक्षा सुरु भएको छ ।

नेपाल आदिवासी महासङ्घ खुदुनाबारीको आयोजना तथा खुदुनाबारी गाविसको सहयोगमा लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन भएको हो । तालिममा खरिदार सम्बन्धी पाठयव्रmमको १ महिने कक्षा सञ्चालन हुनेछ ।
आदिवासी जनजाति विद्यार्थीहरुको सरकारी कार्यालयमा पहँुच पु¥याउने उदेश्यले कक्षा चलाइएको महासङ्घका अध्यक्ष नरेन्द्र इङनामले बताए । कक्षामा छात्र र छात्रा गरी ३० जनाको सहभागिता रहेको थियो ।

गाविस सचिव तुलसी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यव्रmममा जीवन भण्डारी, रोम घिमिरे, इन्द्र बुडाथोकी, तुलसी ढकाल, पदम कार्की, राम निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । महासङ्घ अध्यक्ष इङनामको अध्यक्षतामा सम्पन्न कार्यव्रmमको सञ्चालन झलक राई र स्वागत मन्तव्य जीतबहादुर कुमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: