कोरोना संक्रमणको उच्च जोखिमा चन्द्रगढी

  प्रकाशित मिति
१८ मंसिर २०७७, बिहीबार ०७:५२


रेवतीराज घिमिरे
भद्रपुर १७ मंसिर । कोभीड १९ ले आक्रान्त पारेको समयमा झापाको सदरमुकाम भद्रपुर चन्द्रगढी क्षेत्रमा सर्वसाधाराणको लापर्वाहीका कारण भाईरस संक्रमण झनै फैलने संम्भावना अत्याधिक बढेर गएको छ ।

सदरमुकाम चन्द्रगढी, भद्रपुर बजार तथा मालपोत,नापी जस्ता सेवा प्रवाह गर्ने सरकारी निकायहरुमका दैनिक रुपमा स्वास्थ्य सावधानी विना हुने अनावश्यक मानिसहरुको भीडभाडका कारण जोखिम उच्च रहने गरेको हो ।

पछिल्लो समयमा संक्रमणनै समाप्त भैसकेको जस्तो गरी बजार तथा सरकारी कार्यलयहरुमा हुने गरेको भीडभाडका कारण तत्काल जोखिम नियान्त्रणमा आउने स्थिति दैखिदैन । सरकारले जारी गरेको स्वास्थ्य साबधानी वेगरनै समाजिक दुरी कायम तथा माक्स लगाउने कार्यको समेत खिल्ली उडाउँदै अनावश्यक रुपमा सर्वसाधाराण मानिसहरुबाटै जोखिम बढ्ने गरेको छ ।

सम्वन्धित सरोकारवाला निकायहरुको लापर्वाहीका कारण भीडभाड रोक्न नसक्दा समाज नै भाईरसबाट थप आक्रन्त बन्दै गईरहेको यस क्षेत्रका स्थानीयहरुको भनाई रहेको छ । खासगरि स्वास्थ्य सावधानी बेगर सांझ र विहाना बजारमा मानिसहरु किनमेल गर्न आउने र अफिस समयमा कार्यालय सेवा लिन आउनेहरुबाट संक्रमण फैलिने संभावना उच्च रहेको उनीहरुको बुझाइरहेको छ ।

स्वास्थ्य सावधानीको अनिवार्य रुपमालागु गर्दै भीडभाड नियान्त्रण गर्ने जिम्मा पाएका स्थानीय सरकार जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायहरुको वेवास्थाका कारण आफुहरु समेत भाईरसबाट सुरक्षित हुन नसकेको भद्रपुर १० का सोम श्रेष्ठले बताए ।

उनले यस्तै अबस्था निरन्तर रहि रहने हो भने भाईरसको संक्रमणकै कारण आफुहरुले चाहेर पनि जोगिने संभावना नरहने उल्लेख गरे ।

यता दिनहँु जसो कतिपय कार्यालयहरुमा सेवग्राहीहरुबाट हुने भीड नियान्त्रणका लागि कार्यालय एक्लैले केही गर्न नसक्ने वताउँदै नापी कार्यालय चन्द्रगढीका प्रमुख डिल्लिराज भण्डारीले सेवग्राही आफै सचेत रहनु पर्नेमा जोड दिए ।

उनले कार्यालयको तर्फबाट कार्यालयप्रवेश गर्नु अघि साबुन पानीले हातधुने व्यावस्था तथा सामान्य तापक्रम नाप्नको लागि थर्मल गनको प्रयोग भन्दा बाहेक आफुहरुले केही गर्न नस्कने बताए ।

भण्डारीले सेवा लिन आउने सेवाग्राहीहरुलाई सेवा दिनु नेपाल सरकारको आफ्नो कर्तव्य भएको समेत प्रस्ट पारे । यता कोभीड नियान्त्रणको जिम्मा पाएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भने लकडाउन गर्दा खान पाएनौ र नगर्दा संक्रमणबाट बच्न पाएनौ भन्ने नगरवासीको दोहोरो चरित्रका कारण समस्या आउने गरेको बताए ।

उनले संघीय सरकार अन्र्तगत पर्ने सरकारी कार्यालयमा हुने भीड नियान्त्रणका लागि नगरपालिकाको क्षेत्राधकिार भित्र नपर्ने बताउँदै नगरपालिका भित्र भने आफुहरुसँग भएको श्रोत र साधनसहितको संयन्त्रलाई उचित प्रयोग गरेर आफुहरुले काम गरिरहेको उल्लेख गरे ।

नगरप्रमुख श्रेष्ठले विश्व महामारीको रुपमा फैलिरहेको कोभिड नियन्त्रणबाट बच्न र बचाउन नेपाल सरकारले ल्याएको स्वास्थ्य सावधानीको अक्षंरस पालन गर्न समेत आग्रह गरे ।
पछिल्लो समयमा भद्रपुर,चन्द्रगढी बजार क्षेत्र तथा नापी, मालपोत, लेखापढी व्यवसायीको कार्यालय लगायतका विभिन्न कार्यालयहरुमा अत्याधिक मात्रामा स्वास्थ्य सावधानी बेगरको भीडका कारण संक्रमणले उग्ररुप लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: