रेग्मीसहित ६ सम्मानित

  प्रकाशित मिति
२० जेष्ठ २०७३, बिहीबार ०९:२२


saman

बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाले लोकतन्त्र पोस्ट दैनिकका समाचार संयोजक झुलन रेग्मीसहित जिल्लामा क्रियाशील छ जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाएको भन्दै संगठनले सम्मान गरेको हो ।

सम्मानित हुनेमा बीबीसीका पत्रकार उमाकान्त खनाल, कन्चनजंघा एफएमका कार्यक्रम संयोजक दिपेन्द्र पौडेल, गोरखापत्र दैनिकका सम्वाददाता टीकाराम उप्रेती, ब्लाष्ट टाइम्स दैनिकका सम्वाददाता प्रेम आचार्य, ब्लाष्ट टाइम्स दैनिकका बिर्तामोड ब्यवस्थापक उद्धव पुरी रहेका छन् ।

क्रान्तिकारी संगठनले आयोजना गरेको पाँच दिने उद्घोषण तथा पत्रकारिता तालिमको बिहीवार बिर्तामोडमा भएको समापन कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो ।

संगठनका केन्द्रीय उपाध्यक्ष रञ्जित तामाङले उनीहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा उपाध्यक्ष तामाङले आर्थिक क्रान्तिको पक्षमा समाचार लेख्ने समय आएको बताए । उनले पत्रकारिता राष्ट्रियतामा आधारित हुनु पर्नेमा जोड दिए ।

जिल्ला अध्यक्ष रवि बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा संगठनका केन्द्रीय प्रवक्ता सुरेन्द्र बस्नेत, नेकपा माओवादीका केन्द्रीय सदस्य सिपी कडरिया लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: