हाम्रो सगरमाथा साकोसको शेयरपूँजी रु. १५

  प्रकाशित मिति
३० मंसिर २०७७, मंगलवार १६:२३


भद्रपुर ३० मंसिर । हाम्रो सगरमाथा बचत तथा ऋण सहकारी संस्था भद्रपुर–२ पृथ्वीनगरको चौथो बार्षिक साधाराणसभा मंगलवार सम्पन गरिएको छ ।

सभाको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिका वार्ड नं २ का वार्ड अध्यक्ष भीमबहादुर सुब्बाले गरेका थिए । सभामा संस्थाका अध्यक्ष विजय कुमार अधिकारीले संस्थाको बार्षिक १५ लाख ६२ हजार पांँचसय रुपैयाँको शेयर पुंँजीसहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल सम्म १ लाख ७९ हजार २ सय ९५ रुपैया मुनाफा रहेको बताए ।

सचिव ध्रुव तामाङ्गको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य चौकी पृथ्वीनगरका प्रमुख नेत्रप्रसाद दाहाल, बुद्धशान्ति गांउँपालिका प्रशासकीय अधिकृत मदन कंडेललगायतले मन्तव्य राखेका थिए ।

जनार्दन बज्गाईले स्वागत मन्तव्य राखेको कार्यक्रममा लेखा समितिको प्रतिवेदन सचिव तामाङ्गले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: