भद्रपुर । महिला हिंसा, बलात्कार र हत्याको घटनाका अपराधीलाई कडा भन्दा कडा कारवाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा सोमबार महिलाहरुले ज्ञापन पत्र बुझाएका छन् ।
संयक्त महिला सङ्घ सङ्घर्ष समिति केन्द्रको निर्देशन अनुसार देशभरि बढिरहेका यस्ता घटनालाई बढ्न नदिनका लागि जिल्लामा पनि ज्ञापन पत्र बुझाएको अखिल नेपाल महिला सङ्घकी अध्यक्ष जसमाया गजमेरले बताइन् ।
अखिल नेपाल महिला सङ्घ, नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ व्रmान्तिकारी, अखिल नेपाल प्रगतिशल महिला सङ्घलगायतका नेतृहरुले प्रमुख जिल्ला अधिकारी मदन भूजेललाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापन पत्रमा जिल्लामा बढ्दै गएको महिला हिंसा, बलात्कार र हत्याका घटनाका अपराधीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।
टोलीमा महिला नेतृहरु धर्मशीला चापागाई, जसमाया गजमेर, शुशीला ढकाल, शुभलक्ष्मी राई, निरु खतिवडा, बन्दना झाँगड, मिरा सञ्जेल, लक्ष्मी न्यौपाने, कमला थापामगरलगायत थिए ।