विद्यालयको बार्षिकोत्सवमा विद्यार्थीलाई सम्मान

  प्रकाशित मिति
२७ पुष २०७७, सोमबार १४:१८



भद्रपुर २७ पुस । झापाको सदरमुकाम चन्द्रगढीस्थित विरेन्द्र नमुना क्याम्पसले गत २०७६ सालको बार्षिक परिक्षाहरुमा उत्कृष्ठ विभिन्न विद्यार्थीहरुलाई सम्मान गर्दै विविध कार्यक्रमका साथ क्याम्पसको १२ औं बार्षिक क्याम्पस सभा सम्पन्न गरेको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा क्याम्पस प्रांगणमा सोमबार आयोजीत सभामा क्याम्पसको बार्षिक प्रतिवेदन क्याम्पस व्यावस्थापन समितिका अध्यक्ष पुष्पराज पोखरेलले प्रस्तुत गरेका थिए ।

उनले नव निर्मित क्याम्पस निर्माणका बारेमा जानकारी गराउदै क्याम्पसका सामाजिक तथा भौतिक गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

सभामा बीएड ,विवीएस,लगायतका विभिन्न संकायको बार्र्षिक परिक्षाहरुमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरु क्रमशः मनोज खवास, जेसीका दुलाल, सन्जु किस्कु ,सरितादेवी बानियाँ , विर्सिका लामिछाने, लाजिमा लिम्बु, उमेशकुमार गणेश लगाएतका विभिन्न १० विद्यार्थीहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ,नेपाली कांग्रेस झापा क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश पोखरेल ,नेकपा भद्रपुर नगर ईन्चार्ज शिवकुमार राजभण्डारी ,वार्ड नं ७ का वार्ड अध्यक्ष विनोदकुमार पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पोखरेलको अध्यक्षता तथा सहायक क्याम्पस प्रमुख भत्त कार्कीको संचालनमा सम्पन्न सभाको स्वागत मन्तव्य क्याम्पस प्रमुख विवेक पोखरेलले राख्नु भएको थियो ।

२०६३ सालदेखि विरेन्द्रमावीमा स्थापना भइ पठनपाठन संचालन गर्दै आएको क्याम्पसले यहि पौष १६ गतेबाट भौतिक रुपमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र झापाको छेउमा रहेको ७ कठा जमिनमा निर्मित आफनै २ तले भवनबाट पठनपाठन संचालन गर्दै आएको छ ।

हाल यस क्याम्पसमा विविएस तथा विएडलगायतका विभिन्न संकायहरुमा ६ सय ८८ जना विद्यार्थीहरुले अध्यान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: