‘राम्रो किताब देखाउनै नहुने भो’

  प्रकाशित मिति
२८ जेष्ठ २०७३, शुक्रबार १५:२०


gyanraj subedi

झापाको सुरुङ्गामा बसोवास गर्ने कवि ज्ञानराज सुबेदीका खण्डकाव्य र कविता सङ्ग्रह गरी एक दर्जन जति कृति प्रकाशित भइसकेका छन् । २१ वर्ष लामो शिक्षक जीवन व्यतित गरेका ६८ वर्षीय उनी अहिले पनि साहित्य सिर्जना कर्ममा उत्तिकै क्रियाशील छन् । उनीसँग गरिएको पुस्तक वार्ता प्रस्तुत छ–

– कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
पुरुषोत्तम सिग्देलको ‘आमा’ महाकाव्य ।
– कस्ता पुस्तक बढी मन पर्छन् ?
प्रगतिशील र प्रकृतिबादी पुस्तक बढी मन पर्छन् । – मन परेको नेपाली लेखक ?
लेखनाथ, लक्ष्मीप्रसाद, गुरुप्रसाद, भीमनिधि, मुकुन्दशरण आदि ।
– साथीलाई कुन पुस्तक सिफारिस गर्नु हुन्छ ?
मुकुन्दशरण उपाध्यायको ‘प्राकृत पोखरा’ र पुरुषोत्तम सिग्देलको ‘आमा’ महाकाव्य । मुकुन्दशरणले पोखराको अति राम्रो वर्णन गर्नु भएको छ ।
– पुस्तक खरिदमा मासिक कति खर्च हुन्छ ?
त्यस्तै चार पाँच सय जति ।
– पुस्तकसँग जोडिएको अविस्मरणीय घटना ?
पढ्छु भनेर पुस्तक लैजाने र फेरि कहिल्यै नफर्काएका घटना धेरै छन् । राम्रो किताव देखाउनै नहुने भइसक्यो ।
– पुस्तक पढ्ने उपयुक्त समय ?
विहान ब्रह्ममुहुर्त र बेलुका ।
– पढिसकेपछि पुस्तक कसरी जतन गर्नु हुन्छ ?
दराजमा सजाएर राख्छु ।
– पढ्न मन लागिरहेको पुस्तक ?
राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘गौरी’ खण्डकाव्य र कृष्ण धरावासीको ‘टुँडाल’ ।
– कुनै पुस्तक लेख्दै हुनुहुन्छ कि ?
पूरा हुन अझै एक वर्ष जति लाग्छ होला, समालोचनामा भिडिरहेको छु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: