नगरिकको निक्षेप १ करोड ३५ लाख बढी

  प्रकाशित मिति
२९ मंसिर २०७२, मंगलवार ११:५३


 

sahakari-logo

काँकरभिट्टा । नागरिक बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा मङ्गलबार सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैंकका लेखा समिति सदस्य लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा कनकाई बैंक काँकरभिट्टाका प्रबन्ध निर्देशक शैलेन्द्र गिरी, मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाई, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हस्त आङदम्बे, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष सूर्यप्रकाश उप्रेती, क्षेत्रीय सहकारी समन्वय समिति क्षेत्र नं. १ का संयोजक कुलप्रसाद तिवारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मेची बस व्यवसायी सङ्घको सभाहल आयोजित कार्यव्रmममा संस्थाका अध्यक्ष यज्ञप्रसाद मैनालीले बार्षिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यव्रmममा उत्कृष्ट कर्मचारी रुपा खनाल, दर्जनढी उत्कृष्ट बचत कर्ता र ऋणलाई सम्मान गरिएको थियो ।

पाँच बर्ष अघि ४३ जना सदस्य भेला भई ४३ हजार रुपैयाँबाट सुरु भएको सहकारीमा हाल २५ सय बढी शेयर सदस्य रहेका छन् । संस्थाको हालको शेयर पूँजी ३७ लाख रुपैयाँ भएको छ भने निक्षेप संकङ्कन १ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

संस्थाका अध्यक्ष यज्ञ मैनालीको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा स्वागत मन्तव्य शारदा कुमारी पराजुलीले व्यक्त गरेकी थिइन् । कार्यव्रmमका सञ्चालन सौरभ मैनालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: