दामोदर ढुंगेल

  प्रकाशित मिति
५ असार २०७३, आईतवार १५:४०


 

एसएलसी नतिजा ग्रेडिङमा । यो प्राप्ताङ्कलाई अक्षरमा राखिएको मात्र हो । यसले विगतको नतिजा प्रकाशनपछिको उच्च हर्ष र पीडा कम गरेको छ , यो सकारात्मक हो । तर, उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ पढ्न विषयगत ग्रेडिङ निश्चित गरेकाले ११ कक्षा पढ्नका लागि विषय छनोट गर्ने विद्यार्थी र अभिभावक छक्क पर्नेछन् । किनभने समग्र ग्रेड एभरेज अङ्कले मात्रै विषय छनोट गर्ने आधार तयार गर्दैन । यसका लागि पढ्न चाहेको विषयका लागि एसएलसीमा निश्चित विषयमा सी र डी ग्रेड ल्याउनुपर्ने हुन्छ । जस्तै कमर्स पढ्न चाहनेले गणितमा सी तथा नेपाली, अङ्ग्रेजी, समाजिक र विज्ञानमा डी प्लस ल्याउनु पर्ने हुन्छ । अर्थशास्त्र, ऐच्छिक गणित, लेखा जस्ता विषयमा ग्रेडको महत्त्व नदेखिएकाले आगमी वर्षदेखि विद्यार्थी तथा विद्यालयले नै यी विषयलाई महत्त्व नदिने सम्भावन बढ्छ । यसले हाम्रो शिक्षा प्रणालीलाई झन् कमजोर बनाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: