चिकित्सक बनेर बिरामी जाँच्ने पक्राउ

  प्रकाशित मिति
२३ असार २०७३, बिहीबार ०९:२७


hospital

विर्तामोड । आफैँ चिकित्सक बनी बिरामी जाँचेर बढी रकम असुल्ने दुई जना औषधि पसल सञ्चालक बुधवार पक्राउ परेका छन् ।
झापा विर्तामोडको भद्रपुर रोडस्थित रविन आयुर्वेदक औषधि पसलका सञ्चालक रणदेव हजाम र ल्याब टेक्निसियन रामनारायण मण्डल पव्रmाउ परेका हुन् । उनीहरुलाई औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाको संयुक्त अनुगमन टोलीले पक्राउ गरेको हो ।

अनुगमनको व्रmममा रगत जाँच र औषधिमा सेवाग्राहीसित बढी रकम असुलेको र आफैँ चिकित्सक भन्दै बिरामी जाँच्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । उनीहरुलाई थप कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जिम्मा लगाइएको अधिकृत भट्टराईले बताए ।

त्यस्तै, अनुगमन टोलीले विर्तामोड तथा दमकका औषधि पसलको स्थलगत अनुगमन गर्दा औषधि विभागमा दर्ता नभएका तथा प्रव्रिmया नपुगेका औषधि पसल बन्द गराएको छ । बिर्तामोडको चिमरिया फार्मेसीलाई सात दिनका लागि बन्द गराइएको छ ।

दर्ता नभएका तथा यौनबद्र्धक औषधि विव्रmी गर्दै आएका तिम्सिना फार्मेसीलाई औषधि व्यवस्था विभागमा स्पष्टीकरण तथा दमकमा अनुमतिबिना सञ्चालित परिधि फार्मेसी बन्द गराइएको छ ।

त्यसैगरी, दमकको डेन्टल क्लिनिकका प्रोपाइटर कमलेश ठाकुरको डेन्टलमा काम सिक्ने जीवन नेपालीले सेवाग्राहीको दाँत उखेलेर औषधि किन्न सिफारिस गरेको बेला पव्रmाउ गरी कानुनी कार्बाही प्रव्रिmया अघि बढाइएको औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत गणेशकुमार तामाङले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा बेथिति बढेको गुनासो चुलिएपछि झापामा केही दिनयता अनुगमन कार्यलाई तीव्रता दिइएको छ । सरकारी अनुगमन टोलीले अवैधानिक रुपमा सञ्चालित त्यस्ता क्लिनिक तथा औषधि पसल सञ्चालकलाई कार्बाहीको दायरामा ल्याएको छ ।

‘स्वास्थ्य क्षेत्रमा हेपाहा प्रवृत्ति रहेको पाइएको छ’, भट्टराईले भने, ‘कानुनको दायराभित्र नरहने जोकोहीलाई कारबाही गर्छौं ।’ उनले जिल्लामा अनुगमन कार्यलाई निरन्तरता दिने समेत बताए । केही महिनाअघि भद्रपुरबाट एक क्लिनिक सञ्चालकलाई अनुगमन टोलीले पक्राउ गरी कारबाही प्रव्रिmया अघि बढाइसकेको छ । जिल्लामा अनुगमन टोली सव्रिmय भएपछि केही औषधि पसललेहरु क्लिनिक बन्द गरेर भागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: