बैंकमार्फत भत्ता वितरण गर्ने प्रणालीले बृद्धबृद्धालाई सकस

  प्रकाशित मिति
२५ असार २०७३, शनिबार ०९:५३


photo 3

सरकारले सामाजिक सुरक्षाका लागि बृद्धबृद्धालाई मासिक भत्ता वितरण गर्ने गरेको छ । ७० बर्ष उमेर पुगेका बृद्धबृद्धालाई सहज जीवनयापनका लागि भत्ता वितरण गर्दै आएको छ । सरकारले बृद्ध अवस्थामा भएका नागरिकलाई औषधि उपचारमा सहयोग पुगोस् भन्ने हेतुले यो भत्ताको व्यवस्था गरेको देखिन्छ । अहिले असार मसान्तको चटारोसँगै बृद्धभत्ता वितरणको पनि चटारो छ ।
प्रसङ्ग गतहप्ताको हो । काम विशेषले नेपाल बैङ्क लिमिटेडको काँकरभिट्टा शाखामा पुगेँ । मुख्य ढोकाबाट भित्र प्रवेश गर्ने बित्तिकै थाहा भयो कि त्यहाँ बृद्धभत्ता वितरण भइरहेको थियो । २० जना भन्दाबढी ७० बर्ष उमेर नाघेका यो समाजका अग्रज अभिभावकहरु बैङ्कको भुक्तानी काउन्टर अघिल्तिर हातमा चेक बोकेर अलमल्ल परिरहेको देखेँ । शारीरिक रुपमा सक्नेहरु उभिइरहनु भएको थियो भने अधिकांश कुर्सीमा बसेको अवस्था थियो । आफ्नो कामतिर नै हतारो गरिरहेको मलाई देखेर एकजना बृद्ध हजुरआमाले बोलाउँदै भन्नुभयो– ए नानी यो भरिदेउ न । यसो हेर्दा उहाँको हातमा चेकबुक थियो । तर, त्यसको नाम पनि उहाँलाई आउँदैन रहेछ । ८३ बर्षीया ती हजुरआमाको अवस्था देखेर आफ्नो काम भन्दा पनि उहाँको काम पहिला गर्दिनु पर्यो भनेर मैले चेक भरिदिन थालेँ । चेक भर्ने व्रmममा उहाँलाई सोद्धा कति रकम भर्ने भन्ने पनि थाहा रहेनछ । ती हजुरआमाको चेक भर्न के सुरु मात्रै गरेको थिएँ, त्यहाँ उपस्थित अन्य १० जना भन्दाबढी हजुरबुवा हजुरआमाहरु मलाई चेक भरिदिन आग्रह गर्दै झुम्मिनु भयो । अनि मैले आफ्नो काम एकछिन थाँती राखेर भएपनि सबैको चेक भर्ने काम गरिदिएँ । मैले भरेका १० वटा चेकमध्ये एकजना हजुरबुवाले मात्रै आफ्नो नाम लेखेर हस्ताक्षर गर्नु भयो भने अन्य सबैले ल्याप्चे नै लगाउनु भयो ।

photo 1

सबै हजुरबुवा हजुरआमाको चेक भरिसकेपछि उहाँहरुको अनुहारतिर हेर्दा लाग्थो, त्यो दिनको ठुलो दुःख मैले टारिदिएँ । त्यहाँ मध्येका एकजना हजुरआमाले त मलाई सुम्सुमाउँदै भन्नुभयो– बाबुले चारधाम घुमेको पुण्य कमायौ । मनमनै सम्झेँ यसरी पनि समाजका जेष्ठ र अग्रज भनिएका नागरिकको सम्मान गर्न सकिँदो रहेछ । अनि लाग्यो सरकारले बृद्धबृद्धालाई दिने सामाजिक सुरक्षाभत्ताको वितरण प्रणालीमा कहीँ कतै समस्या पक्कै छ । किनकि ७० बर्षमाथि उमेरका कारणले पनि असक्त भइसकेका नागरिककालागि आधुनिक जीवनशैलीको अङ्ग बनेको बैङ्किङ पद्धति कसरी सहयोगी बन्न सक्ला र ! सुरुसुरुमा बृद्धभत्ता स्थानीय निकायका कर्मचारीले घर–घरमै पुर्याउँथे । त्यसबेला असक्त अवस्थाका बृद्धबृद्धालाई ज्यादै सहज थियो । तर, त्यसले विकृति पनि ल्यायो भनेर भत्तालाई बैङ्कमार्फत् वितरण गर्ने नीति ल्याइयो । जुन काम सरसर्ती हेर्दा ठिकै लाग्छ, तर त्यसलाई मसिनो गरी हेर्ने हो भने कतै बृद्धभत्ता वितरण प्रणालीका कारण सेवा प्राप्त गर्नेहरुका लागि ठुलो पीडा त बनेको छैन भन्ने प्रश्न उब्जिएको छ ।

अहिले ७० बर्ष कटेका हजुरबुवा हजुरआमाहरु अधिकांश निरक्षर नै हुनुहुन्छ । त्यसमाथि बैङ्कको सेवा घर–घर पुग्ने कुरा पनि भएन । सम्झौंँ त बुढो शरीर, असक्त अवस्था अनि आफुले कमाइ गर्न नसकेको बेला सरकारले दिएको रकममा माया कति हुँदो रहेछ । एकातिर त्यो अवस्था अनि अर्कोतिर बैङ्कमा पुग्नु पनर्,े त्यसमा कहिले नचलाएको चेक भरेर बुझाउनु पर्ने झन्झटिलो प्रव्रिmयाले हजुरबुवा र हजुरआमाहरुमा ठुलै समस्या ल्याइदिएको रहेछ ।

त्यसैले, पारदर्शीताका लागि गरेको राम्रै प्रयास पनि खास अवस्थामा सकारात्मक बन्दो रहेनछ भन्ने गतिलो उदाहरण बन्न पुगेको छ, बृद्धभत्ता वितरण प्रणाली । समाजका अग्रज अभिभावकहरुको सम्मान अनि उनीहरुको स्वस्थ जीवनका लागि सरकारले सामाजिक सुरक्षाभत्ता वितरण गरेकै हो भने त्यो भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकको सजिलोका लागि केही परिमार्जन गर्न जरुरी छ । सेवाको मुल बिषय भनेको जसका लागि उक्त सेवा तोकिएको हो त्यो व्यक्ति वा समुहले त्यसको उपयोग सरल र सहज तरिकाले गर्न सकोस् भन्ने नै हो । तर बृद्धभत्ता वितरण प्रणालीका कारण भत्ता प्राप्त गर्ने समुह जो यो समाजको अभिभावक र अघिल्लो पुस्ताको प्रतिनिधि मात्र होइन, जीवित पुस्तामा सबैभन्दा धेरै अनुभवी नागरिकहरुको समुह पनि हो । तसर्थ, उनीहरुको सहजतामा केन्द्रीत हुन व्यवस्थापिका संसद, राजनीतिक दल, स्थानीय निकायलगायत सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: