अनुगमनसँगै सहयोग

  प्रकाशित मिति
२५ असार २०७३, शनिबार ११:०९


7
झापा । झापा खेलकुद विकास समितिको एक टोलीले जिल्लाका विभिन्न स्थानमा निर्माणाधिन खेल पूर्वाधारहरुको बिहीबार स्थलगत अनुगमन गरेको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा नेतृत्वको ११ सदस्यीय अनुगमन टोलीले झापाका विभिन्न गाउं तथा नगरमा निर्माण भईरहेका विभिन्न खेल संरचनाहरुको स्थलगत अनुगमन गरेको हो ।

उक्त टोलीले जिल्लाको खेल पूर्वाधार विकासका लागि लगानी गरिएका झापाको तोपगाछी गाविस परिसरसहित विभिन्न विद्यालय पुगेर संरचना निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई भेट गरी निर्माण कार्यको मापदण्ड,गणस्तर लगायतका विविध विषयमा जानकारी लिएको छ ।

जिल्ला खेलकुद विकास समितिले खेल मैदान निर्माण एवं स्तरोन्नती शीर्षकमा शनिअर्जुन नगरपालिका ६ कञ्चनवारीस्थित श्री निम्न माविलाई ५ लाख,गौरादह नगरपालिका २ स्थित जनता उच्चमाविलाई १५ लाख,तोपगाछी गाविस ३ समयगढस्थित महेन्द्ररत्न उमाविलाई १० लाख,तोपगाछी गाविस परिसरका लागि ५ लाख रुपैयाँ रकम लगानी गरेको छ ।

त्यस्तै कन्काई नगरपालिका ३ स्थित सुरुङगा खेल मैदानका लागि ५ लाख,पृथ्वीनगर गाविस ७ सोमबारेस्थित खेल मैदानका लागि ५ लाख,पथरीया गाविस ४ नयाँ बजारस्थित पथरीया उमाविलाई ३ लाख,गोलधाप गाविस ४ स्थित जनजागृति उमाविलाई २० लाख र चकचकी गाविस ६ फूलवारीस्थित फूलवारी उमाविलाई ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

झापा खेलकुद विकास समितिका उपाध्यक्ष प्रशान्त भण्डारी,कोषाध्यक्ष धर्म शिवाकोटी,कार्यालय प्रमुख टहलदाश मैनाली,सदस्यहरु अर्जुन मेचे, ज्ञानेन्द्र राई, भरत गुरुङ, जिल्ला प्राविधिक कार्यालयका प्रमुख सुशिलकुमार श्रेष्ठ,इन्जिनियर उत्तम खरेल,सञ्चारकर्मी कृष्ण सिञ्जाली र विमर्श उप्रेती सहभागि टोलीले ती स्थानको अवलोकन तथा अनुगमन गरेको थियो ।

यसैबीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले झापाका विभिन्न कभर्ड हल तथा अन्य स्थानमा लगानी भएका खेल संरचनाहरुको पनि अनुगमन कार्यलाई तीव्र पारिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: