झापामा रमाएका बोकेदाह्री

  प्रकाशित मिति
१ श्रावण २०७३, शनिबार १२:३१


16-06-13-16-32-46-753_deco

चर्चित हाँस्यकलाकार श्रीकृष्ण लुइँटेल अर्थात् बोकेदाह्री केही वर्षयता झापामा रमाइरहेका छन् । उनी झापा छोडेर बाहिर जानै सक्दैनन् । झापाका साथीले उनलाई ‘बोकु’ भनेर बोलाउँछन् । बोकेदाह्री, बोकु लगायतका नामले बोलाउँदा उनी खुसी हुन्छन् । ‘बोकेदाह्री झापामा लुकेर बस्यो’ पनि भन्छन् उनलाई । तर उनको तर्क बेग्लै छ । यताका कुरा काठमाडाँै लगेर सबैलाई देखाउने÷सुनाउने उनको चाहना छ ।

‘यहाँ बारीमा, भीरमा फूल्ने फूल काठमाडौँमा गमलामा फुल्छ । फूलको अस्तित्व त यहाँ छ नि,’ मोफसलमा बस्नुको कारणबारे उनी भन्छन्, ‘मैले काठमाडौँ छोडेको होइन, काठमाडौँले चाहिँ मलाई छोडेको हो ।’

उनी काम पर्दामात्र काठमाडौँ आइजाइ गर्छन् । उनले झापामै बसेर सङ्गीतलाई अघि बढाइरहेका छन् ।
ए बाउ किन्देउ न भटभटे बोलको कमेडी गीतका कारण उनको लोकप्रियताले एकाएक शिखर चुम्यो । श्रीकृष्ण नेपाली साङ्गीतिक आकाशमा नयाँ शैलीमा प्रस्तुत भए । आफूले पालेको दाह्री अनि कमेडी गीतकै कारण सबैले उनलाई ‘बोकेदाह्री’ भनेर चिन्दछन् । गीतमार्फत् गाली गर्न पाउँदा श्रीकृष्ण आनन्द मान्छन् । उनलाई गीतमार्फत् गाली गर्न रमाइलो लाग्छ । उनी भन्छन्, ‘गतिलो झापड हान्न पाइन्छ गीतबाट, कुट्नै पाइन्छ ।’

साङ्गीतिक कार्यव्रmमको सिलसिलामा विदेशमा आफ्नो कला प्रस्तुत गरी फर्किएका उनी यतिखेर नयाँ एल्बम निकाल्ने तयारीमा छन् । इजरायल, साइप्रस र कतारमा कार्यव्रmम प्रस्तुत गरी उनी झापा फर्किएका छन् । उनले छिट्टै ‘बब्लु’ नामक कमेडी एल्बम स्रोता तथा दर्शकमाझ ल्याउँदै छन् । उनको यो १२ औँ एल्वम हो । यसअघि बजारमा आएको उनका सबै गीत हिट भएका छन् ।

पछिल्लो समय उनले ‘ओई बिम्ली’ एल्बम बजारमा ल्याइसकेका छन् । सोही एल्बमको गीत बाँके बर्दियाले निक्कै चर्चा पायो । विशेषगरी बालक तथा बृद्धबृद्धाले औधि रुचाउने उनका प्रायजसो गीतले रेकर्ड नै कायम गरेको छ । युट्युबमार्फत् सार्वजनिक गरिएका लुइँटेलका गीतहरु तिनलाख भन्दाबढी दर्शक तथा स्रोताले हेर्ने गरेका छन्  ।

उनका प्रायजसो गीतहरुमा शब्दवाणको प्रयोग गरिएको हुन्छ । त्यही भएर दर्शकले उनका गीतहरु औधि रुचाउने गरेका छन् । यद्यपि उनका केही गीतमा सेन्सर बोर्डको कैची लाग्ने गरेको छ । ‘मैले सबै प्रकारको गीत पस्किएको हुन्छ’ु उनले भने, ‘मेरा गीतहरु वास्तविक जीवनमा मेल खाने खालका छन्, सेन्सरलाई चित्त नबुझ्नु उसको कुरा हो ।’ यसअघि बजारमा आएको गर्नुगर्यो फेसबुकले बोलको गीतलाई सेन्सरले प्रतिबन्ध लगाएको थियो । तर सो गीत अत्याधिक रुचाइयो । भदौ भित्रमा आउन लागेको बब्लु एल्बममा आठवटा गीत समेटिएका छन् ।
‘नलगाउ छोटा कपडा चोकमा हुन्छ लफडा
तिमीलाई लान्छन् इलाका, मासु झार्छन् फिलाका’
‘अल्सर हुन्छ ग्यास्टिकले, क्यान्सर हुन्छ खैनीले
मलाई माया गर्छु भन्छे डल्लेकी बहिनीले’

यी दुई लगायतका गीत सो एल्बममा रहेको बब्लु चाँडै बजारमा आउन लागेको उनले सुनाए । छोटो लुगा लगाउँदैमा राम्रो हुइँदैन भन्ने माथिको पहिलो गीतले सन्देश दिन खोजेको उनले बताए । ‘हाम्रा मुलुकका युवायुवतीलाई पश्चिमा संस्कृतिले छोएको छ’, लुइँटेलले भने, ‘त्यही कुरा मैले गीतमार्फत् देखाउन खोजेको हुँ ।’ झापाका विभिन्न स्थानमा गीतको छायाङ्कन भइरहेको उनले बताए । बब्लुमा मद्रासी स्टाइलको गीत पनि रहेको छ ।

पूर्वका ‘सम्राट श्रीकृष्ण’ भनेर चिनिएका लुइँटेलले साङ्गीतिक क्षेत्रसँगै सामाजिक कार्यमा पनि हात हालेका छन् । उनले काइन्ड हार्ड संस्था स्थापना गरेका छन् । जुन संस्थाले गरिव तथा असहायलाई सहयोग गर्ने लक्ष्य राखेको लुइँटेलले बताए । हुनेखानेका लुगा लिएर हुँदा खानेका लागि लुगा दिने संस्थाको लक्ष्य रहेको उनले सुनाए । ‘झापाका गरिवलाई कपडा लगाउने बनाउँछु’ उनले भने, ‘त्यसका लागि मैले काम अघि बढाइसकेको छु ।’ साङ्गीतिक क्षेत्रबाट उठेको आधा रकम सामाजिक कार्यमा खर्चिने उनी बताउँछन् । कम्तिमा बर्षमा एकजना विपन्न परिवारका बालबालिकालाई एसएलसीसम्म निःशुल्क पढाइदिने वातावरण मिलाउने, कपडा वितरण गर्ने र थोरै जग्गा भएर घर बनाउन नसक्ने गरिव परिवारलाई घर निर्माणका लागि केही आर्थिक सहयोग गर्ने संस्थाको मुख्य उद्देश्य रहेको छ ।
– झुलन रेग्मी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: