झापामा सवारी दुर्घटना बढ्यो

  प्रकाशित मिति
१ श्रावण २०७३, शनिबार १५:०१


13731682_1706472236271232_287843855867488028_n

गौरादह । गत ०७२÷०७३ मा अघिल्लो आ.ब.को भन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

अघिल्लो आ.ब. ०७१÷०७२ मा एक यस ४४ सवारी दुर्घटना भएका थिए भने ६७ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । दुर्घटनामा गम्भीर घाइते एक सय ३६ र सामान्य घाइते एक सय २१ जना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अघिल्लो आबमा ५० हजार दुई सवारी साधनहरुलाई कार्वाही गरिएको थियो भने एक करोड ८९ लाख ९२ हजार आठ सय राजश्व संकलन भएको थियो ।

गत ०७२÷०७३ आ.ब.मा एक सय ९८ सवारी दुर्घटना भएकोमा ७९ जनाको मृत्यु, एक सय ३६ गम्भीर घाइते र एक सय २१ सामान्य घाइते भएका थिए । कार्वाहीमा परेका ४२ हजार दुई सय ६० सवारी साधनबाट एक करोड ७६ लाख ८१ हजार तीन सयरुपयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापामा गत आ.ब. ०७२÷०७३ मा ट्राफिक नियम उलङ्घन गरि सडक प्रयोग गर्ने यातायातका साधनहरुमा ट्रक नौ हजार चार सय ३१, बस चार हजार आठ सय ७६, जीप कार पाँच हजार पाँच सय ८२, ट्रयाक्टर छ हजार नौ, मोटर साइकल १५ हजार पाँच सय ९५ र अन्य सात सय ८३ वटा रहेका छन् ।

गौरादह उद्योग वाणिज्य संघ र अस्थाई ट्राफिक प्रहरी पोष्टको संयुक्त आयोजनामा झापाको गौरादहमा शनिबार आयोजना गरिएको ट्राफिक व्यवस्थापन कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख डुण्डीराज गिरीले सो कुरा बताएका हुन् ।

शनिबारबाट गाडीको ब्लुबुक र चालकको सवारी चालक अनुमति पत्र अनिवार्य रुपमा साथमा बोक्न अनुरोध गर्दै गिरीले यदि चेक जाँचका क्रममा सवारी चालकसँग ब्लुबुक र सवारी चालक अनुमति पत्र नभए पाँच सय देखि १ हजार पाँच सयसम्म जरिवाना काटिने पनि चेतावनी दिए ।

कार्यक्रममा बोल्दै गिरीले ट्राफिक प्रहरीको काम कार्वाही गर्ने मात्रै होइन जनचेतना फैलाउनु साथै सडक र यात्रुको सुरक्षा गर्नु पनि रहेको बताए । ट्राफिक व्यवस्थापन गरि नगरलाई शान्त र सुन्दर बनाउन अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरादहको टोली शंकरप्रसाद यादवको नेतृत्वमा लागेकोले यस कार्यमा ट्राफिकलाई सहयोग गर्न समेत गिरीले अनुरोध गरे ।

‘एक पसल एक फूल’सहित गमला नगरभित्रका पसल अगाडि राख्ने बाणिज्य संघले निर्णय गरेको अध्यक्ष डिल्ली काफ्ले जानकारी दिए । विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधिहरुले सडक डिभाइडरमा फूल सहितका गमलाहरु राखेर यसको उद्घाटन पनि शनिवारनै गरियो ।

गौरादह बाणिज्य संघका अध्यक्ष डिल्ली काफ्लेको सभापतित्वमा संचालित कार्यक्रममा विशेष अतिथि रहेका नगर अधिकृत कृष्णबहादुर कार्कीले पनि बोलेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख नगेन्द्रकुमार भगतले स्वागत गरेका थिए भने संघका सदस्य निर्मल बाँस्तोलाले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: