लिभर ड्यामेज सिटौलाको अपील

  प्रकाशित मिति
४ श्रावण २०७३, मंगलवार १२:२६


bhakti.विर्तामोड । पाँचगाछी निवासी नेपाली काङ्ग्रेसमा आवद्ध लोकतान्त्रिक योद्धा भक्तिप्रसाद सिटौला लिभर ड्यामेज भएर गम्भीर अस्वस्थ भएका छन् ।

५२ वर्षीय उनलाई हाल भारतको दिल्लीस्थित मेदान्त हस्पिटलमा उपचारार्थ भर्ना गरिएको छ । चिकित्सकहरूले लिभर ट्रान्सप्लान्ट (कलेजो प्रत्यारोपण) गरे मात्र उनको जीवन रक्षा हुने सल्लाह दिइसकेका छन् ।

पाँचगाछी–४ बुलुचोकमा खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएको उनको परिवारमा वृदध बुवा लक्ष्मीपैसाद सिटौला, पत्नी जानुका सिटौला र दुई छोराछोरी रहेका छन् ।

उपचारमा संलग्न मेदान्तका चिकित्सकहरूको उनको लिभर ट्रान्सप्लान्टमा ८० देखि ९० लाख रुपैयाँ खर्च हुनसक्ने बताएका छन् । यो खर्च परिवारले एक्लै धान्न मुस्किल भएपछि हाल उपचार रोकिएको बुझिएको छ ।

नेपाली काङ्ग्रेस झापाका पूर्व जिल्ला सचिव उनी पाँचगाछी गाउँ विकास समितिका पहिलो जननिर्वाचित उपाध्यक्ष पनि हुन् । २०३६ सालदेखि नेविसङ्घबाट राजनीति सुरु गरेका उनी २०४६ सालको जनान्दोलनमा लाग्दा २ महिना जेल परेका थिए ।

२०४८ सालमा शिक्षण जागिरबाट राजीनामा दिएर राजनीतिमा होमिएका भक्तिप्रसाद सिटौला नेपाली काङ्ग्रेसका अत्यन्त निष्ठावान र अविवादित कार्यकर्ता हुन् । उनी नेपाल रेडक्रस सोसाइटी पाँचगाछी शाखाको दुई दशकदेखि सदस्य रहेका छन् ।

पार्टी र पारिवारिक सल्लाह बमोजिम सिटौलालाई बचाउनका लागि उपचार सहयोग अभियान चलाइने भएको छ भने उनकी छोरी भूमिकाले आफ्नो लिभरको एक अंश बुवाको उपचारका लागि प्रत्यारोपण गर्न तयार भएकी छन् ।
चिकित्सक स्रोतका अनुसार लिभर ट्रान्सप्लान्ट गरिए पछि सिटौलाको शरीर स्वस्थ हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: