ओम साईको निःशुल्क स्वास्थ्य शिविर

  प्रकाशित मिति
१२ श्रावण २०७३, बुधबार १५:२६


health

भद्रपुर । ओम साई पाथीभरा हस्पिटलले अविरल वर्षाका कारण विस्थापित भएका भद्रपुर–१ भैसाबाडीका बाढीपीडितलाई लक्षित गरी मङ्गलवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा बाढीपीडितको स्वास्थ्य जाँचसहित निः शुल्क औषधि वितरण गरिएको थियो । हस्पिटलका प्राविधिक टोलीसहित डा. प्रविणकुमार यादव र डा.सवु काफ्लेले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा १० जना गर्भवती महिलासहित करिब सवासय बिरामीले स्वास्थ्य सेवा लिएका थिए । शिविरमा रोटरी क्लब भदपुरले १० जना गर्भवती महिलाका लागि औषधि तथा भिटामिन वितरण गरेको ओम साई पाथीभरा हस्पिटलका प्रशासन प्रमुख मनोज दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: