धुलावारी, २६ पुस । गेम्स एन्ड स्पोर्टस् एकाडेमी झापाको आयोजनामा महिला ट्वान्टी ट्वान्टी क्रिक्रेट प्रतियोगिता आज सुरु भएको छ ।
धुलावारी माविको खेलमैदानमा आज भएको पहिलो खेलमा चितवनको मुन स्टोन एकाडेमीबाट आयोजक गेम्स एन्ड स्पोर्टस् एकाडेमी १७ रनले पराजित भएको छ ।
खेलमा पहिलो व्याटिङ गर्दै चितवनको मुन स्टोनले सय रनको लक्ष्य खडा गरेको थियो । तर आयोजक गेम्स एकाडेमीले ८३ रन मात्र ल्याउन सकेको थियो ।
प्रतियोगिताको मंगलबारको खेल चितवनको मुन स्टोन र लहान क्रिक्रेट क्लवबीच हुने आयोजक गेम्स एन्ड स्पार्टस् एकाडेमीका अध्यक्ष गणेश विक्रम नेम्वाङले जानकारी दिएका छन् ।
बिजेता टिमले पुरस्कार स्वरुप ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।