शनिश्चरे खानेपानीमा भिडन्त

  प्रकाशित मिति
५ माघ २०७८, बुधबार १३:५५


अर्जुनधारा, ५ माघ । झापाको अर्जुनधारा–९ स्थित शनिश्चरे खानेपानी उपभोक्ता समितिको निर्वाचनले अहिले अर्जुनधाराको ध्यान खिचिएको छ । भोलि अर्थात माघ ६ गते हुने निर्वाचनको तयारीमा निर्वाचन केन्द्रित माहोल चुलिएको छ ।

यतिबेला संयुक्त लोकतान्त्रिक प्रगतिशिल प्यानलका उम्मेद्वार चयन गरी घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।  खानेपानी सवैको साझा संस्था हो । सवैको भावना समेट्न सक्ने साझा नेतृत्व निर्वाचित हुनु आवश्यक छ ।

संयुक्त लोकतान्त्रिक प्रगतिशिल प्यानलका अध्यक्ष उम्मेदवार रुद्रप्रसाद न्यौपानेले खानेपानी तथा सरसफाईको क्षेत्रमा करिब ४ दशक बिताइसकेको अनुभव छ । सो प्यानलमा उपाध्यक्षमा श्याम घिमिरे, सचिवमा सन्त बहादुर तामाङ, सहसचिवमा गणेश बहादुर खड्का रहेका छन् भने सदस्यहरुमा क्रमश राधा गिरी, मेनुका पोखरेल, मान कुमार थापा मगर, रमेश काफ्ले, वृष बहादुर कार्की पनि क्षेत्रगत जनअपेक्षा अनुसार चलायमान, चुस्तदुरुस्त र प्रभावकारी बनाउन नीतिगत पहलकदमी लिन सक्ने क्षमता नेतृत्वमा गनिनछन् ।

वर्तमान शनिश्चरे खानेपानीको नेतृत्वले २०४६ / ४७ सालतिर गरेको डिजाइन इष्टिमेटको आधारमा तयार गरिएको प्लानभित्रै रहेर काम गर्दै आएको छ । वास्तवमा डिजाइन इष्टिमेट २० वर्ष समयावधिको लागि मात्र गर्ने नम्स बमोजिम गरिन्छ । ३० वर्षपर्यन्त पुरानै प्रणालीको आधारमा घुमिरहेको संयुक्त लोकतान्त्रिक प्रगतिशिल प्यानलको ठहर छ ।

अब आउने सो प्यानलको नेतृत्वले  त्यसको कार्यान्वयन गर्न र नयाँपनको अनुभूति दिनुपर्ने अपरिहार्य रहेको अध्यक्षका उम्मेद्वार न्यौपानेले बताए  । उनले भने–नयाँपनको अनुभूति दिलाउन सक्नु अबका पदाधिकारीको पहिलो र अनिवार्य कर्तव्य हुन आउने छ । संस्थालाई जिम्मेवारी बहन गर्ने र कुशलतापूर्वक कार्य सम्पादन गर्ने पदाधिकारीको चयन आवश्यक रहेको बताउँर्दै ती सम्पूर्ण काम आफ्नो नेतृत्वमा सम्भव रहेको बताए ।

न्यौपानेले उम्मेद्वारको संयुक्त प्रतिबद्धतापत्र समेत सार्वजनिक गरिसकेको छन् । न्यौपानेले खानेपानी र सरसफाईको क्षेत्रमा सङ्घीय सरकारको निजामति सेवामा निरन्तर ३७ वर्ष सेवा गरी विभिन्न प्रकारका योग्यताकौशलता राख्दै निवृत्त जीवन बिताइसकेको अनुभव छ । न्यौपाने निवृत्त जीवनमा पछि पनि अर्जुनधारा नगर क्षेत्रमा सामाजिक उत्तरदायित्व पूरा गर्नका लागि दर्विलो उम्मेदवारको रुपमा  गनिएका छन् । निजामति सेवाको जगबाट सामाजिक जीवनसँगै आरम्भ गरेका न्यौपानेले खानेपानी तथा सरसफाई कामको  सन्दर्भमा देश–विदेशको अनुभव आर्जन गरेका छन् ।

छलछामयुक्त, काइते र घुमाउरा कुरामा होइन, विषयगत कमाण्ड सहित सार्वजनिक जीवनमा समेत पेश हुने उनले झापा जिल्लाले प्रदान गरेको अथक खानेपानी र सरसफाई योद्धाको सम्मानलाई व्यवहारमा उतार्न प्यानलका उम्मेदवारहरु प्रण र प्रतिबद्धताका सहित विजयी हुनेमा ढुक्क देखिन्छन् ।

आम उपभोक्ताको सुझावअनुसार सम्पूर्ण उपभोक्ताको स्वच्छ, सफा तथा गुणस्तरीय पानी पिउन पाउने नैसर्गिक अधिकारलाई परिपूर्ति गर्न आफ्नो प्यानलको दृष्ण संकल्पित छ । ’ उनले भने, संस्थामा देखिएका कमी कमजोरी र विकृतिलाई निरुत्साहित गर्दै नमूना संस्थाको रुपमा परिचित गराउनका लागि निरन्तर अगाडि बढ्ने छौँ  ।’ यसलाई एक इञ्च पनि तल पर्न नदिने प्रतिबद्धता उपभोक्ता माझ ल्याएका छन् ।

संयुक्त लोकतान्त्रिक प्रगतिशिल प्यानलका उम्मेद्वारको प्रतिबद्धता पत्र यस्तो छ ।

१.धमिलो पानी समस्या हो । यसलाई सहजै वासआउटको व्यवस्थापन गरी समाधान गरिनेछ ।
२.आधारभूतस्तरको पानीको पहुँच नपुगेको क्षेत्रमा ६ महिनाभित्रमा पाइप विस्तार गरी पानीको व्यवस्थापन गरिनेछ ।
३.सुधार विस्तार कार्यक्रम अन्तर्गत निर्माणधिन पानीपोखरीलाई व्यवस्थित गरी यथाशीघ्र ३ महिनाभित्र पाइप विस्तार गरी पानी संचालन गरिनेछ ।
४.उपभोक्ताको गुनासो मोबाइल, फोन वा सुझाव पेटिकामा प्राप्त भएको १६ घन्टाअभित्र मर्मत सम्भारको काम गरी पानीको उपलब्धता कमी आउन दिइने छैन् ।
५.वार्षिक साधारणसभामा अध्यक्षको प्रतिवेदनपछि उपभोक्ताको लागि खुला सत्रमा नै गुनासो पोख्ने अधिकार दिइनेछ । यसले पदाधिकारीको जिम्मेवारी र दायित्वमा फरक पर्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: