झापा । बुधबार विहानैदेखि आकाशमा इन्द्रेणी जस्तो अनौठो दृश्य देखिएको छ ।
यसले मानिस अचम्मित भएका छन् । यो अनौठो दृश्यलाई मानिसले सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।
बुढापाकाको अनुसार टन्टलापुर घाममा यस्तो दृश्य आकाशमा कहिले देखिएको थिएन ।
बैज्ञानिकका अनुसार पानी पर्दा विशेषगरी इन्द्रेणी लाग्ने गरेको छ । केही दिन अघि सूर्यबाट ज्वाला निस्किएको नासाले जनाएको थियो । यद्यपि त्यस ज्वालाले पृथ्वीमा कुनै असर नगर्ने नासाले स्पष्ट पारिसकेको छ ।