झापाली कलाकर्मीको पौरख

  प्रकाशित मिति
६ भाद्र २०७३, सोमबार १५:४५


झापामा धेरै चर्चित कलाकर्मीको जन्म भएको छ । झापालाई चिनाउनका लागि सबै कलाकर्मीहरुको आ–आफ्नै किसिमको योगदान रहेको छ । विशेषतः झापामा जन्मे हुर्केका धेरै कलाकार काठमाडौंमा रमाइरहेका छन् । तर, एउटा सानो कलाकारको पङ्ती झापालीकै सेवामा जुटिरहेको छ । झापाको काँकरभिट्टास्थित परिवर्तन थिएटरले सामाजिक जागरणका लागि गरिरहेको प्रयास वास्तवमै सम्माननीय छ । पछिल्लो समय नेपाल रेडक्रस सोसाइटी एकीकृत विपद् उत्थानशील कार्यक्रम झापाको आयोजनामा विपद् व्यवस्थापनमा कलाकार टोलीले देखाएको सक्रियता अनुकरणीय छ ।
कुनै सङ्घ–सङ्स्थाले सीधा सम्पर्कमा भनेको वा दिएको जानकारीभन्दा कलाकारले प्रस्तुतिका माध्यमबाट व्यक्त सूचना चाहिँ प्रभावकारी हुन्छ । प्राकृतिक विपत्ति नियन्त्रणका उपायबारे जानकारी दिने उद्देश्यले मञ्चन गरिएको नाटकबाट स्थानीयबासीले पनि धेरै जानकारी लिन सक्छन् । बाढी, हात्ती आतङ्क र आगलागी जस्ता भीषण क्षति पुर्याउन सक्ने प्राकृतिक विपत्तीबाट बँच्नका लागि कलाकै माध्यमबाट कुनै सीप सिकाउन सक्नु परिवर्तन थिएटर सम्बद्ध कलाकर्मीहरुको सफलता हो । यसलाई निरन्तरता दिन पनि उत्तिकै जरुरी छ ।
राजधानीको सेपिलो छाँयाले मोफसलको कला आकाश फराकिलो हुने अवसर प्राप्त गर्न सकिरहेको थिएन । तर, मोफसलबाट पनि चेतनाको आन्दोलन छेड्न सकिन्छ भन्ने उदाहरण परिवर्तन थिएटरले प्रस्तुत गरेको छ । यसका लागि थिएटरकी अध्यक्ष कविता नेपाल पोर्तेल पनि सम्मानकी हकदार छिन् । उनको अठोट र प्रेरक क्रियाशिलताले नै अहिले झापामा थिएटर सञ्चालन गर्न सम्भव भएको हो । कलाकार उत्पादन गर्ने थलोको रुपमा विकसित परिवर्तन थिएटरले बाढी प्रभावित क्षेत्रमा गएर नागरिकमा जगाएको उत्प्रेरणाले भविश्यमा प्राकृतिक विपत्तीबाट हुने क्षति कम हुन सक्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: