एनसेलको शाखा भद्रपुरमा

  प्रकाशित मिति
९ भाद्र २०७३, बिहीबार १७:१८


lok

भद्रपुर । देशकै प्रमुख मोबाइल सेवा प्रदायक एनसेलका ग्राहकलाई स्थानीयस्तरमा कम्पनीका विभिन्न सेवाहरु सहजरुपमा उपलब्ध गराउने उद्देश्य अनुरुप यहाँ एनसेल सपको उद्घाटन भएको छ ।

झापा उद्योग बाणिज्य सघंका अध्यक्ष नवराज पनेरुले रिबन काटेर एनसेल शपको विहीबार उद्घाटन गरेका थिए ।
एनसेल सपले कम्पनीको आधिकारिक सेवा प्रदायकको रुपमा कार्य गर्नैछ । उस शपबाट ग्राहकले एनसेलका विविध सेवाहरु सुलभरुपमा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले एनसेलका प्रिपेड सिमकार्ड, पोस्टपेड सिम तथा सियूजी सिम, सिमको स्वामित्व परिवर्तन, ब्यालेन्स टान्सफर लगायतका एनसेलका सेवाहरु प्राप्त गर्न सक्ने एनसेल शपका सञ्चालक दिपक न्यौपानेले बताए ।

आफना ग्राहकलाई उच्चस्तरीय सेवा तथा सुविधाहरु स्थानीयस्तरमा नै उपलब्ध गराउने एनसेलको नीति अनुरुप स्थापना गरिएको एनसेल सप ग्राहकको सेवाका लागि सदा प्रतिबद्ध रहने संचालक न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: