झापा, १९ साउन । कनकाई नदीले धार परिवर्तन गरेर वस्तीमा पस्दा झापा गाउँपालिका १ मिलनवस्तीका पाँच परिवार विस्थापित भएका छन् ।
विस्थापित हुनेमा कैलाश टुडु,भैयालाल हास्दा, सर्मेन मुर्मु, सागर मुर्मु र सोम हास्दाका परिवार छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्नुका साथै स्थलगत अनुगमन गरी विहीबार राहत समेत वितरण गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
उनका अनुसार नेपाल रेडक्रस सोसाइटी झापाको समन्वयमा तत्कालका लागि भाडा, कपडा, त्रिपाल, म्याटलगायतका सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
अनुगमन तथा राहत वितरणका लागि गएको टोलीमा प्रहरी निरीक्षक विश्वमणि पौडेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्की, नेरोस झापाका सभापति लोकराज ढकाललगायतको सहभागिता रहेको थियो ।