धुलाबारी महिला समूहको साधरणसभा

  प्रकाशित मिति
११ भाद्र २०७३, शनिबार १७:३८


20160827_121520 2314912521731165974-account_id=1

मेचीनगर । धुुलाबारी महिला बचत समूहको पाँचौ साधारणसभा सम्पन्न भएको छ । शनिबार त्रिफला राष्ट्रिय पुस्तकालयको सभाहलमा आयोजित कार्यव्रmममा ज्येष्ठ नागरिक आशादेवी सराफीलाई सम्मान गरिएको थियो ।

संस्थाकी अध्यक्ष सुभद्रा नेपालको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा प्रमुख अतिथि महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडा, छोरी बुहारी महिला समूहकी अध्यक्ष सीता पोखरेल, उमा पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाकी उपाध्यक्ष शोभादेवी खवासले सञ्चालन गरेको कार्यव्रmममा कोषाध्यक्ष लक्ष्मी पौडेलले सञ्चालन गरेकी थिइन् ।
२०६८ सालमा स्थापना भएको संस्थामा हाल ३८ जना सदस्य रहेका छन् । उनीहरुले मासिक रुपमा एक हजार रुपैयाँ जम्मा गर्दै आएको ऋण संयोजक समितिकी संयोजक पवित्रा न्यौपानेले बताइन् ।

सोही अवसरमा समूहले तीज विशेष कार्यव्रmममा समेत आयोजना गरेको थियो । महिलाहरुले तीजको गीतमा नृत्य गर्नुका साथै सामूहिक दर समेत खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: