सम्पादक काजीसहित पाँच सम्मानित

  प्रकाशित मिति
२१ भाद्र २०७३, मंगलवार ११:२६


mohan sir samman

विर्तामोड । जिल्ला खेलकुद विकास समिति झापाले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने विभिन्न क्षेत्रका पाँच जनालाई सम्मान गरेको छ ।

५३औँ स्थापना दिवसको अवसर पारेर विर्तामोडमा सोमवार आयोजित कार्यव्रmममा समितिले उनीहरुलाई सम्मान गरेको हो । समितिले पत्रकारिताको क्षेत्रबाट खेलकुदमा सहयोग पुर्याएको भन्दै लोकतन्त्र पोस्ट दैनिकका सम्पादक मोहन काजीलाई पुरस्कृत गरेको छ । उनलाई नगद ११ हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।

त्यस्तै, समाजसेवी नरेन्द्र मेचे, जिल्ला प्राविधिक कार्यालयका प्रमुख सुशील श्रेष्ठ, उत्तम नारायण खरेल र विजय ओलीलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वहरुलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव केशवबहादुर विष्टले सम्मान गरेका थिए ।

खेलकुद विकास समिति झापाका अध्यक्ष शङ्कर थापाको अध्यक्षतामा भएको कार्यव्रmममा आठौँ राष्ट्रपति रनिङ शिल्डमा जिल्ला प्रथम हुने महेन्द्र रत्न माविलाई ५० हजार रुपैयाँसहित शिल्ड वितरण गरियो । त्यस्तै, आठौँ क्षेत्रीय राष्ट्रपति रनिङ कपमा झापाबाट सहभागी ७२ जनालाई पनि पुरस्कृत गरियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: