हाम्रो देशमा दुईथरीका विद्यालय छन, सामुदायिक र संस्थागत । सामुदायिक विद्यालयहरू सरकारी स्रोतबाट सञ्चालित छन् भने संस्थागत विद्यालयहरू निजी स्रोतमा । निजी स्रोतमा सञ्चालित विद्यालयलाई हेर्ने सरकारी दृष्टिकोण त्यति सकारात्मक रहेको पाइँदैन । किनकी यसले खेलेको भूमिका सराह्रनीय छ । यति हुँदाहुँदै पनि यस्ता विद्यालयहरूमा दिइने शिक्षाबारे आफ्नो परिभाषा प्रस्तुत गर्न आवश्यक देखेको छु ।
शिक्षा के हो ?
अधिकांश विद्यालयहरू आफ्ना विद्यार्थीहरूलाई प्रवेशिका परीक्षामा उच्च ग्रेड दिलाउनु र आफ्नो विद्यालयको नाम उच्च स्थानमा राख्नुमै उचित शिक्षा हो भनी परिभाषित गर्दछन् । यसका लागि पूर्वप्राथमिक र प्राथमिक तहमा उचित व्यवस्थापन नगरी माध्यमिक तहमा लगातारको कोचिङ, परीक्षा इत्यादिको व्यवस्था गरी प्रवेशिकामा मात्र राम्रो नतिजाका लागि अहोरात्र खट्ने परम्परा नै भइसकेको छ । यो व्यवस्थाले विद्यार्थीहरूले प्रवेशिकामा राम्रै नतिजा ल्याउलान् तर उच्च शिक्षामा उनीहरूले धेरै कठिनाइ झेल्नु पर्ने बाध्यता पर्न आउँछ । यसको मूल कारण हो, व्यावहारिकता । जुन शिक्षाले अहिलेका विद्यार्थीहरूलाई भविष्यमा सरल र सुखी जीवन बिताउन सहयोग गरोस्, सुगा रटाइको शिक्षा होइन । कलिलै उमेरदेखि विद्यार्थीहरूलाई जिउने कला ९ीष्खष्लन क्पष्ििक० सिक्ने व्यावहारिक ज्ञानको आवश्यकता पर्दछ ।
विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पूर्वप्राथमिक तहबाट नै विद्यार्थीहरूले विशेष ध्यान दिन जरुरी छ । अनुशासन, भाषा, हस्तलेख जस्ता शिक्षाका मूलभूत आधारहरूको विकास यस तहमै हुन नसके पछि गएर विकास गरिन्छ भन्नु सरासर गलत हो । त्यसैले विद्यालयले पूर्वप्राथमिक र प्राथमिक तहका शिक्षक÷शिक्षिकालाई हेर्ने दृष्टि बदल्नु पर्दछ । किनभने यिनै शिक्षक÷शिक्षिकाको शब्द र भाषा सिक्छन् । त्यही सिकाइको आधारमा विद्यार्थीहरू कक्षा चढ्दै जान्छन् ।
अभिभावकको भूमिका
बालबालिकाको शैक्षिक तथा चौतर्फी विकासको लागि विद्यालय जति जिम्मेवार हुन्छ, त्योभन्दा बढी जिम्मेवारी अभिभावकहरूले लिन जरुरी छ । अझै भन्ने हो भने सालको ३६५ दिनमा विद्यार्थीहरू २२० दिन मात्र विद्यालय जान्छन् । त्यसमा पनि दिनको २४ घण्टामा उनीहरू ७ घण्टा मात्र विद्यालयमा बस्छन् । समयको हिसावले सालको ७०÷७१ दिन मात्र विद्यालयमा रहने हुँदा अभिभावकहरूले निश्चित रूपले बढी जिम्मेवारी लिनु पर्ने स्थिति स्पष्ट छ । घरमा रहँदा अभिभावकहरूले जीवनोपयोगी ज्ञान दिने, साना—साना काममा सरिक गराउने, अनुशासित रहन प्रेरित गर्ने, आफुभन्दा ठूलालाई आदर गर्ने, सानाहरूलाई माया र सहयोग गर्ने सामाजिक कार्यहरूमा सरिक गराउने र आत्मनिर्भर रहन प्रेरित गर्ने हो भने त्यस्ता विद्यार्थीहरू विद्यालयमा अवश्य पनि अव्बल र अनुशासित रहन्छन् । अभिभावकले आफ्ना बच्चाहरूलाई राम्रो सँग मार्गदर्शन गर्न जरूरी छ । त्यसका लागि अभिभावक नै उदाहरणीय हुनु पर्दछ । उदाहरणका लागि यदि तपाईं आफ्नो बच्चालाई ‘धेरै लामो समय टीभी हेर्नु हुँदैन’ भन्नुहुन्छ तर आफु आधा रातसम्म टीभी हेर्नु हुन्छ भने बच्चाले तपाईंको उपदेश मान्ने छैन । बालबालिकामा आत्मनिर्भरता जगाउनुको साटो धेरै विद्यालयहरू कक्षा ५÷६ का नानीहरूलाई आफैँ लागेर चम्चाले खाना खुवाइरहेको दृश्यले भने सबैलाई दुःखी तुल्याउने नै गरेको छ ।
बच्चामा आफु योग्य छु भन्ने भावना हुनु जरूरी छ । यसैले उसको सवल पक्ष तथा प्रतिभाको पहिचान गरी त्यसको विकासमा केन्द्रित हुनुपर्दछ । उसले देखाएको रूचि, सङ्गीत, नृत्य, गायन, खेल, कला इत्यादिमा सहयोग गरेमा बच्चाको सन्तुष्टि र आत्मविश्वास बढाउन यसले ठूलो भूमिका खेल्नेछ ।
शिक्षामा अतिरिक्त व्रिmयाकलाप
अतिरिक्त व्रिmयाकलापलाई शिक्षाको अभिन्न अङ्ग भनिन्छ । यसमा खेलकुद शारीरिक व्यायाम, नृत्य, वाद्यवादन, गायन, चित्रकला, कविता लेखन, निबन्ध लेखन आदि पर्दछन् । कतिपय विद्यालय यस्ता व्रिmयाकलापले विद्यार्थीको अध्ययनमा बाधा पु¥याउने तर्क गर्छन् । जुन सरासर गलत हो । यस्ता व्रिmयाकलापले विद्यार्थीमा अन्तर्निहित प्रतिभालाई उजागर गर्दछ । सानै उमेरमा विद्यार्थीहरूमा भएका प्रतिभाहरूको पहिचान गर्न सकेमा त्यस क्षेत्रमा उनीहरूले आ–आफ्ना प्रतिभा तथा कलाको विकास गरी राष्ट्रकै अमूल्य खेलाडी, नृत्यकार, सङ्गीतकार, गायक, चित्रकार बन्ने अवसर पाउँछन् जुन विद्यालयका लागि पनि अहोभाग्य हुनेछ । अझ झापा जस्तो खेलकुद र संस्कृतिको उर्वर जिल्लामा त यो निश्चय पनि सहज हुनेछ । यस्ता व्रिmयाकलापहरू आफ्नो विद्यालयभित्र मात्र नभएर जिल्लाका विभिन्न विद्यालयहरू बिच पनि यस्ता व्रिmयाकलापहरू प्रतियोगितात्मक रूपमा गराउन सके विभिन्न विद्यालयका विद्यार्थीहरू बिच परिचय हुन सक्ने र विद्यालयहरू बिच सद्भाव कायम गराउन मद्दत पुग्नेछ ।
ज्ञानको मन्दिर कि सङ्गठन सदस्य ?
भनिन्छ, विद्यालयहरू ज्ञानका मन्दिर हुन् । हाम्रो जस्तो विकासोन्मुख देशमा त्यही ज्ञानका मन्दिरहरू विभिन्न सङ्गठनहरूमा आबद्ध छन् । प्याब्सन, एनप्याब्सन र यस्तै सङ्गठनमा विभाजित विद्यालयहरू एकअर्काले आयोजना गरेको कार्यव्रmमहरूमा विरलै सहभागी हुन्छन् । यो अति नै दुःखदायी कुरा हो । विद्यालयहरूले सोच्नु पर्ने मुख्य कुरो के हो भने सबैको लक्ष्य एउटै हो, विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने । त्यसैले के प्याब्सन, के एनप्याब्सन जिल्लाका सबै विद्यालयहरू एकजुट भई अतिरिक्त व्रिmयाकलापहरू समावेश गरिएको संयुक्त क्यालेण्डर निर्माण गर्नु अनिवार्य देखिन्छ ।
विद्यार्थीलाई परामर्श
विद्यार्थीहरू विभिन्न परिवेशबाट आएका हुन्छन्, सबै एकै प्रकारका हुँदैनन् । त्यसैले विद्यालयमा उनीहरूको व्यवहार भिन्नाभिन्नै प्रकारका हुन्छन् । कोही झगडालु स्वभावका हुन्छन् भने कोही नम्र र अनुशासित । कोही विद्यार्थीहरू अटेरी हुन्छन् । यस्तो परिस्थितिमा उनीहरूलाई गालीगलौज गर्न थालेमा विद्यार्थीमा नकारात्मक प्रभाव पर्ने सम्भावना बढी हुन्छ । यस्तो सयममा विद्यार्थीलाई उचित परामर्श दिन आवश्यक छ । यसले विद्यार्थी धेरै प्रभावित हुन्छन् र परामर्शकै कारण उनीहरूको व्यवहारमा सुधार आउन सक्छ ।
(लेखक लिटल फ्लावर्स इङ्गलिस स्कुलका अतिरिक्त व्रिmयाकलाप विभागका प्रमुख हुन् ।)