झापामा ११ वटा स्थानीय तह बनाउने सहमति

  प्रकाशित मिति
२८ भाद्र २०७३, मंगलवार १३:३३


jhapa-district-map

झापा । राप्रपा नेपाल बाहेकका राजनीतिक दलहरुले झापामा ११ वटा स्थानीय तह बनाउने सहमति गरेका छन् । सोमवार जिल्ला विकास समितिको सभाहलमा भएको सर्वदलीय बैठकमा जिल्लामा एउटा उप महानगरपालिका, ७ नगरपालिका र ३ वटा गाउँपालिका बनाउने सहमति भएको हो ।

स्थानीय तहको पुनःसंरचनाका लागि दलहरुले अहिलेको मेचीनगर नगरपालिकामा बाहुनडाँगी, ज्यामिरगढी, धाइजन, दुहागढी र शान्तिनगर गाविसलाई मिसाएर मेची उपमहानगरपालिका बनाउने सहमति गरेका छन् ।

त्यस्तै, बिर्तामोडमा गरामनीलाई मिसाएर विरता नगरपालिका, भद्रपुरमा पृथ्वीनगर, जलथल र हल्दिबारीलाई मिसाएर भद्रपुर नगरपालिका, शनिअर्जुन नगरपालिकामा बुधबारे र खुदुनाबारी गाविसलाई मिसाएर अर्जुनधारा नगरपालिका बनाउने सहमति भएको छ ।
त्यस्तै दमकमा लखनपुरलाई मिसाएर दमक नगरपालिका, गौरादहमा खजुरगाछी र गौरीगञ्जलाई मिसाएर गौरादह नगरपालिका, शिवसताक्षीमा धरमपुर र पाँचगाछीलाई मिसाएर शिवसताक्षी नगरपालिका र कनकाईमा शरणामती, टाघनडुब्बा र कुमरखोदलाई मिसाएर कन्काई नगरपालिका बनाउने सहमति भएको छ ।

त्यसैगरी डाँगीबारी, चकचकी, गोलधाप र राजगढलाई मिलाएर बाह्रदशी गाउँपालिका, घेराबारी, पथरिया, बालुबारी, केचना, पाठामारी र बनियानीलाई मिलाएर कचनकवल गाउँपालिका तथा तोपगाछी, बैगुनधुरा, माहाभारा र कोरोबारीलाई मिलाएर कमल गाउँपालिका बनाइने भएको छ ।

नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरुले सहमति गरेको त्यस प्रस्तावित संरचनामा राप्रपा नेपाल भने असहमत देखिएको छ ।

स्थानीय निकाय पुनःसंरचना आयोगले १० वटा स्थानीय तह निर्धारण गर्न भनेकामा त्यसलाई बढाइएको भन्दै आफ्नो पार्टीले असहमति जनाएको राप्रपा नेपालका जिल्ला अध्यक्ष अम्बर बिष्टले बताए । दमकलाई चलाउन नहुने, बिर्तामोडमा गोलधाप, गरामनी र हल्दिबारीलाई गाभेर उप महानगरपालिका बनाइनु पर्ने, स्थानीय तहको नाम परिवर्तन गर्न नहुने जस्ता माग राख्दै असहमति जनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: