सप्तकोशी नदीमा डुंगा पल्टियो

  प्रकाशित मिति
१ आश्विन २०७३, शनिबार १५:२६


5085

सुनसरी ।  सुनसरीको सप्तकोशी नदीमा डुंगा पल्टिएको छ। श्रीलंका टापुबाट प्रकाशपुर –५ राजावासा आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिएको हो।

डुंगामा सवार यात्रुको संख्या खुल्न नसकेपनि ३६ जनाको सकुशल उद्धार गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पौडेलले डुंगामा कति मानिस सवार थिए भन्ने यकिन तथ्यांक नभएपनि अहिलेसम्म ३६ जनाको सकुशल उद्धार गरेको बताए ।

उनले भने–‘३६ जनाको उद्धार भएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने केही घर फर्किसकेका छन् ।’

अहिले पनि उद्धार जारी राखेको प्रहरीले सप्तकोशीमा बाढी आएकाले उद्धारमा समस्या भएको जनाएको छ ।

प्रकाशपुरमा साप्ताहिक रुपमा लाग्ने हाट भर्नका लागि धेरै सर्वसाधारण एउटै डुंगामा सवार थिए ।

स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले अहिले उद्धारको कार्य जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: