गृहलक्ष्मीको साधारणसभामा सम्मान

  प्रकाशित मिति
६ आश्विन २०७३, बिहीबार १५:५७


3

धुलाबारी । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था धुलाबारीको आठौंँ बार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ ।

धुलाबारीस्थित टाहन हलमा सम्पन्न साधारणसभामा संस्थामा उत्कृष्ट बचत गर्ने तथा संस्थाबाट ऋण लिएर उत्कृष्ट कार्य गर्ने ४ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा बचतकर्तातर्फ रम्बरु राजवंशी, शुसिला राजवंशी तथा ऋणतर्फ विष्णुमाया खड्का र सन्तोष मण्डललाई सम्मान गरिएको हो । उनीहरूलाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

2

संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको सभापतित्व तथा जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष घनश्याम अधिकारी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा विशेष अतिथि कञ्चनजङ्गा एफएमका प्रवन्धक निर्देशक चन्द्र भण्डारी, मेचीनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल काफ्ले, जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणी बराल, महालक्ष्मी कृषि सहकारीकी लेखा संयोजक लिना भण्डारी, पूर्विद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेतन विष्ट, लोकतन्त्र पोष्टकी अम्बिका भण्डारी, जनसंसद दैनिकका सम्पादक मुक्ति पौडेललगायतले बोलेका थिए ।

कार्यव्रmममा संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठले संस्थाको प्रतिवेदन पेश गरेका थिए । उपाध्यक्ष रेणुका डाँगी (दुर्गा) ले स्वागत गरेको कायृव्रmमको सञ्चालन सदस्य दीपेन्द्र कार्कीले गरेका थिए ।

4

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: