“दश महिनाभित्र शुद्ध पानी खुवाउ“छौ“”

  प्रकाशित मिति
१० आश्विन २०७३, सोमबार १०:५२


thebe-2

लालबहादुर थेवे चारआली साना सहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष हुन् । उनी दुवागढी क्षेत्रमा खानेपानी विस्तारका लागि जुटिरहेका छन् । खोनपानी आयोजना सम्पन्न गर्नका लागि उनी अहिले निरन्तर लागि परिरहेका छन् । अबको दश महिनामा शुद्ध खानेपानी उपभोक्ता समक्ष पुर्याउने लक्ष्यका साथ लागिपरेका थेवेसँग सोही विषयमा केन्द्रित रहेर लोकतन्त्र पोस्ट दैनिकका सहसम्पादक देबु बानियाँले गरेको कुराकानी –

चारआली साना सहरी खानेपानी तथा सरसफाई संस्थाको काम कहाँ पु¥याउनु भयो ?
२०६५ सालमा स्थापना भएको यो संस्थाको मुख्य उद्देश्य नै यस क्षेत्रका आम उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउने रहेको छ । जसका लागि हामी निरन्तर लागि परेका छौँ । हामीले नेपाल सरकारसँग सन् २०१५ को जुन महिनामा त्रिपक्षीय सम्झौता गरेका थियौँ । यसै आधारमा हामीले संस्थाको कामलाई अघि बढाएका छौँ । अहिले ५० प्रतिशतभन्दा बढी काम भइसकेको छ । हामीले प्रतिकूल मौसमका बावजुद पनि कामलाई द्रुत गतिमा अघि बढाइरहेका छौँ ।

सम्झौता भएको समयसीमामा संस्थाले काम गर्न सकेन नि, किन ?
हो, हामीले सम्झौता भएअनुसार अबको ३ महिनामा उपभोक्ताको घरका धारामा पानी पु¥याउनु पर्ने हो । चाहेर पनि हामीले हाम्रो उद्देश्यलाई पूरा गर्न सकेनौँ । तर, हामीले हाम्रो कामलाई छोडेका छैनौँ । काम गर्न थालेपछि विभिन्न बाधा आइ परे । कहिले नाकाबन्दी, कहिले मधेस आन्दोलन भए । जसले बाहिरबाट आउने सामाग्रीहरू रोकिन पुग्यो । निर्माण व्यवसायीले आवश्यक जनशक्तिको उचित व्यवस्था गर्न नसक्नु, निर्माण सामाग्रीहरू समयमा उपलब्ध हुन नसक्नु, निर्माण व्यवसायीले क्षमता भन्दा बढी कामको जिम्मा लिएका कारण पनि काम ढिलो हुन गयो । तर, अब हामी काम कुनै हालतमा रोक्दैनौँ ।

खानेपानी संस्था र ठेकेदारबिच तालमेल नभएर काम ढिलो भएको हो ?
त्यस्तो होइन । तर, नेपाल सरकारले नै स्पष्ट रुपमा १८ महिनामा काम सम्पन्न गर्ने भनेर तान्जिङ कनकाई जोइन भेन्चरलाई जिम्मा दिएको हो । हामीले त कामको प्रकृति अनुसार गुणस्तर हुन्छ कि हुँदैन भनेर अनुगमन गर्ने मात्र हो । सबै जिम्मा उनीहरूलाई लगाएकाले काम गर्ने जिम्मा उनीहरूकै हो । यस संस्था र ठेकेदारबिच सहकार्य गरेर उहाँहरूलाई यसरी गर्ने भनेर बाटो मात्र देखाउने गरेका छौँ । हाम्रो सम्बन्ध एकदम राम्रो छ । त्यस्तो तालमेल नै नमिलेको भन्ने कुरा सत्य होइन ।

उपभोक्ताको सहभागिता कस्तो छ ?
यस संस्थाको मेरुदण्ड नै आम उपभोक्ता हुन् । उहाँहरूको अनुपस्थितिमा संस्थाको प्रगति र उन्नति हुन सक्दैन । संस्थाका हरेक गतिविधिमा साथ र सहयोग गर्नका लागि उहाँहरूको महत्वपूर्ण योगदान रहेको हुन्छ । त्यसका लागि उहाँहरू संस्थाका धन्यवादका पात्र हुनुहुन्छ । अहिलेसम्म २५ सय ६५ जना उपभोक्ताले धारा जडानका लागि सम्पूर्ण प्रव्रिmया पु¥याइ सक्नु भएको छ । साथै सहभागिता पनि अत्यन्तै उत्साहजनक रहेको छ । निकट भविष्यमा अहिले पाइपलाइन विस्तार गर्न नसकेको क्षेत्रमा पनि पानी पु¥याउने लक्ष्य रहेकाले त्यसबेला पनि साथ दिने तिनै उपभोक्ता हुन्छन् । हामीले गरेको काममा धन्यवाद तथा खवरदारी गर्ने भनेको नै उपभोक्ताको भएकाले उहाँहरूको ठूलो साथ छ र चाहिन्छ पनि ।

त्यसो भए उपभोक्ताले अझै कहिलेसम्म कुर्न पर्ने हो पानी पिउनलाई ?
मैले अघि नै माथि भनिसकेको छु । विभिन्न समस्याका कारण हामीले समयमा धारामा पानी झार्न सकेनौँ । आम उपभोक्ता महानुभावहरूले दिनरात देखिरहनु भएको छ, काम कुन गतिमा हुँदैछ भनेर । अब कहिलेसम्म पानी आउँछ भन्ने कुरामा उहाँहरू जानकार हुनुहुन्छ । यसका लागि उहाँहरू आफँै लाग्नु भएको छ । यति हुँदाहुँदै पनि उपभोक्ताले भनेको समयमा पानी पिउन पाउनु भएको छैन । तर, ग्यारेन्टीका साथ भन्छु, अबको १० महिनामा गुणस्तरीय पानी उपभोक्ताको घरमा पु¥याउँछौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: