बिर्तामोड । नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विश्वमा कहीँकतै नभएको विधि अपनाएर आश्रित विधेयक फेल गराउने र एक अक्षर परिवर्तन नगरी फेरि सोही विधेयक संसदमा पेस गरी पास गराउन आग्रह गर्ने वर्तमान सरकारको रबैया प्रति तीब्र आलोचना गरेका छन् ।
नेकपा एमाले बिर्तामोड नगर कमिटीको आयोजनामा सोमबार आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता नेम्वाङले यस्तो बताएका हुन् । अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा आश्रित विधेयक पास गराउन आग्रह गर्दा पूर्ववर्ती सरकारले प्रस्तुत गरेकै विधेयकमा फेरबदल नगरी ल्याइएकोले सर्वसम्मतिले पास होस् भनेका थिए ।
पूर्वप्रधानमन्त्री केपी ओलीले भारतसँग नझुक्ने निर्णय गर्दै राष्ट्रिय स्वाभिमान कायम गरेकोमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुने बित्तिकै भारत पुगेर गरेका २५ बुँदे सम्झौता अधिकांश राष्ट्रहीत बिरपरित रहेको उनले टिप्पणी गरे ।
ज्ञानुराम प्रसाईको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्या गरी एक सय जनाभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य हिक्मत कार्की, रविन कोइराला, देवराज घिमिरे, भाष्कर काफ्ले, अनेम संघका केन्द्रीय सदस्य पवित्रा निरौलासहित जिल्लास्तरीय नेताहरुले अविर र खादासहित सम्मान गरेका थिए ।https://www.sajhamanch.com/