सुगन्धको पाँचौँ अङ्क विमोचन

  प्रकाशित मिति
२१ आश्विन २०७३, शुक्रबार १०:००


10

धुलावारी । सुगन्ध प्रकाशन धुलावारीले प्रकाशन गरेको वर्ष ४ अङ्क ५ को पुस्तकको विहीवार विमोचन गरिएको छ ।

धुलावारीस्थित पासाङ ल्हमु स्मृति प्रतिष्ठानमा आयोजित कार्यव्रmमकबिच प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार सङ्घ इलामका संस्थापक अध्यक्ष धर्म गौतमले पुस्तकको विमोचन गरेका हुन् ।

suganda

हरेक ६ महिनामा पुस्तक प्रकाशन गर्दै आएको सुगन्ध प्रकाशनले यो पटकको अङ्कमा जेलजीवन विताएका यौद्धाहरूको सम्झनालाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।

सोही अवसरमा बाल प्रतिभा स्वीकृति शर्मालाई नगदसहित सम्मान गरिएको थियो । सम्मानित शर्माको सम्मान पत्र प्रकाशनका सदस्य सुमन गौतमले वाचन गरेका थिए । यसैगरी, पुस्तकका लेख लेख्ने २ दर्जन भन्दा बढी लेखकहरूलाई पारिश्रमिकसहित सम्मान गरिएको थियो ।

कार्यव्रmममा प्रकाशनले सुरु गरेको १० लाखको अक्षयकोषका लागि विभिन्न दाताहरूले आर्थिक सहयोग गरेको थिए । उक्त अक्षयकोषबाट हरेक वर्ष नेपाल र भारतका उत्कृष्ठ स्रष्टालाई सम्मान गर्ने प्रकाशनका प्रदान सम्पादक चन्द्र भण्डारीले बताए ।

suganda-1

प्रकाशनका प्रधान सम्पादक चन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न कार्यव्रmममा प्रमुख अतिथि प्रजातान्त्रिक आन्दोलनका योद्धा धर्म गौतम, सांसद नरेश खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य यज्ञराज प्रसार्इं, मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, मणिपुरका साहित्यकार राहुल राई, भारतका साहित्यका शुव्रmराज दियाली, न्यायाधीस मेदनीप्रसाद पौडेल, बौद्ध लामा गुरु सोनाम लामालगायतले बोलेका थिए ।

suganda-3

कार्यव्रmममा भाषाविद् चुडामणि रेग्मी, न्यायाधीसहरू देवेन्द्र पौडेल, ऋषिराम पराजुली, राजकुमार निरौला, भारत तथा नेपालका बरिष्ठ साहित्यकार, स्रष्टा, पत्रकार, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको उल्लेखीय सहभागिता रहेको थियो । दामोदर ढुङ्गेलले स्वागत गरेको कार्यव्रmमको सञ्चालन दिपेन्द्र पौड्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: