कनकाई । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का सांसद् केशवकुमार बुढाथोकीले सन्थाल समुदायले नेपाली काङ्ग्रेसलाई धेरै सहयोग पु¥याए पनि पार्टीले उचित सम्मान दिन नसकेको स्वीकार गरेका छन् ।
नेपाली काङ्ग्रेसका आदिवासी नेता एवम् नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा तुर्सा हेमरमको १८ औँ स्मृति दिवसको अवसर पारेर सोमवार यहाँ आयोजित विशेष कार्यव्रmममा विशेष अतिथिको रुपमा बोल्दै सांसद् बुढाथोकीले झापाका सन्थाल राजबंशीले २०१५ सालको आम निर्वाचनमा पार्टीका उम्मेदवार फत्तेबहादुर बुढाथोकीलाई समेत अत्यधिक मतले जिताएको चर्चा गरे ।
आदिवासी समुदायमा काङ्ग्रेसको बलियो पकड हुनुमा स्व तुर्सा हेमरमको योगदान रहेको उल्लेख गर्दै बुढाथोकीले पार्टीमा अवसर पाउनेमा त्यागी र निष्ठावानहरू नभएर टाठाबाठाहरू नै हावी हुने गरेको बताए ।
तुर्सा हेमरम स्मृति प्रतिष्ठानले सोमवार कनकाई–७ स्थित प्रतिष्ठानको निर्माणाधीन भवनस्थल नजिक श्रद्धाञ्जलि सभा, छेलो हान्ने प्रतियोगिता, तीरधनु प्रतियोगिता र दौड कार्यव्रmमको आयोजना गरेको थियो ।
श्रद्धाञ्जलि सभामा पार्टीका नेताहरूले स्व. तुर्सा हेमरमको योगदानको स्मरण गर्दै उनको सम्मान गरिनु पर्ने धारणा व्यक्त गरेका थिए ।
अर्का वक्ता एवम् झापा क्षेत्र नं. २ का सांसद् सुधिर शिवाकोटीले पनि आदिवासी नेता तुर्सा हेमरमप्रति पार्टी र मुलुकले उचित ध्यान दिन नसकेको बताएका थिए ।
उनले एमाले र एमाओबादीले स्थापना गरेका प्रतिष्ठानले राज्यबाट करोडौँ बजेट लगे पनि नेपाली काङ्ग्रेसले तुर्साको नाममा स्थापित प्रतिष्ठानले अहिलेसम्म केही नपाएको गुनासो गरे ।
नेपाली काङ्ग्रेस झापाका सभापति उद्धव थापाले तुर्सा हेमरम वीपी कोइरालाले आफ्नो उचाइमा राखेका नेता भएको बताउँदै प्रतिष्ठानको नेतृत्वबाट दिएको राजीनामा फिर्ता लिइदिन गोपालकुमार बस्नेतलाई मञ्चबाटै आग्रह गरेका थिए ।
२०५९ सालमा स्थापित तुर्सा स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले केही असन्तुष्टि राख्दै प्रतिष्ठानको अध्यक्षबाट एक वर्ष अघि नै राजीनामा दिएको बुझिएको छ । उनले राजीनामा दिएपछि प्रतिष्ठानको गतिविधि नै सुस्ताएको थियो । यसपटक पार्टीका नेताहरूकै आग्रहमा बस्नेतले स्मृति दिवस कार्यव्रmमको संयोजन गरेका हुन् । यद्यपि उनको राजीनामा फिर्ता भइसकेको छैन ।
कार्यव्रmममा बोल्ने पूर्व सांसद् डिल्ली सिटौलाले तुर्सा हेमरम काङ्ग्रेसका मात्र नभएर सबै लोकतन्त्रबादीको साझा नेता भएको धारणा राख्दै उनको स्मृतिमा स्थापित प्रतिष्ठानलाई निरन्तर नेतृत्व प्रदान गर्न गोपाल कुमार बस्नेतलाई आग्रह गरेका थिए ।
उनले काङ्ग्रेसमा पुराना, त्यागी र समर्पित कार्यकर्ताको मूल्याङ्कन हुन छाडेको गुनासो गर्दै तुर्साप्रति पार्टीले कहिल्यै न्याय नगरेको बताए ।
नेपाल सन्थाल सङ्घका अध्यक्ष बडाराम हेमरमले काङ्ग्रेसले सन्थाल समुदायको योगदानको कदर गर्न नसकेको भन्दै जहिल्यै भोट व्याङ्क मात्र बनाएको गुनासो थपे ।
उनले एमाओबादीले झापाबाट एक सिट पनि नजित्दा मोहन टुडुलाई सांसद् बनाएको नजिर सुनाउँदै काङ्ग्रेसले सन्थाल समुदायमा उम्मेदवार बन्न योग्य नै कसैलाई नठानेर समुदायको दिल दुखाएको बताए ।
प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यव्रmममा पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की प्रमुख अतिथि थिए । राजधानी फर्किने हतारोका कारण उनी कार्यव्रmमस्थलमा धेरैवेर बसेनन् ।
कार्यव्रmममा पार्टीका उपसभापति देउमान थेबे, नेपाल महिला सङ्घ झापाकी सभापति शुशिला ढकाल, शिक्षासेवी राजेश खड्का, जग्गादाता मातृका सिटौला, सन्थाल नेता भगन टुडु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पार्टीका कनकाई सभापति लीलाबहादुर कटुवालले सञ्चालन गरेको कार्यव्रmममा केही सन्थाल अगुवालाई सम्मान गरिएको थियो भने प्रतियोगितात्मक छेलो, तीरधनु र दौड कार्यव्रmम सम्पन्न भएका थिए ।
कार्यव्रmममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका सभापति यज्ञप्रताप अधिकारी, नेपाल तरुण दलका पूर्व अध्यक्ष अनिलकृष्ण प्रसाई, यादव उप्रेती, स्व. तुर्सा हेमरमका छोरा बलराम हेमरम, पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायतको उपस्थिति रहेको थियो ।