कुरुक्षेत्रमा

  प्रकाशित मिति
११ कार्तिक २०७३, बिहीबार १३:०६


anjali-subedi

मानव वस्तीको कुरुक्षेत्रमा
प्रेमको व्यापार सदियौंदेखि
थोक–थोकमा, खुद्रा–खुद्रामा
किलो–किलोमा, क्वीन्टल क्वीन्टलमा
भिन्न–भिन्न रङ, भिन्न–भिन्न बासना
ठाँउ–ठाँउमा, कुरुक्षेत्रमा
व्यापारीको मर्जी अन्सार
प्रेमको खुलेआम व्यापार
चिन्तनको, विश्वासको
अन्धविश्वासको
धर्मको विचारको व्यापार
जस्तो रङ ओडायो
ब्यापारीले उसैको चलन
युगौँ–युगसम्म
उस्,
न खुलेर हाँसेको छ बजार
न पुरै वेगमा लडाई
कैले फुलेको, कैले मौलाएको
प्रेमको व्यापार
मानव जातिको
कुरुक्षेत्रमा ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: